Home / Feature Breaking news / प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट शुरु

प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट शुरु

लक्ष्मण बस्नेत
दाङ, २० फागुन । प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट प्रतियोगिता सोमबारदेखि दाङको घोराहीमा सुरु भएको छ । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिी नेपालगज बाके र दाङ जिल्ला खेलकुद बिकास समितिको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रतियोगिताका संयोजक मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य रिता कोईराला र सह सयोजक दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागीले एथलेटिक्स खेल संचालन समितिका संयोजक तथा वरिष्ठ प्रशिक्षक उपनिर्देशक चन्द्र बहादुर गुरुङलाई सिटि तथा स्टोपवाच दिएर गरिएको हो ।

प्रतियोगिता अन्तरगत भरतपुर खेल मैदानमा सोमबार सम्पन्न महिला र पुरुष तर्फका १००,१५०० मिटर दौड तथा लङजम्प र सर्ट्फुट ईभेन्ट्सका खेल सम्पन्न भएका छन् । जसअनुसार पुरुष १०० मिटर दौडमा रुपन्देहीका हुमबहादुर पहराई प्रथम, दाङका सिमान्त पाण्डे द्धितिय र सागर पौडेलले तृतिय स्थान हात पार्न सफल भए । त्यस्तै पुरुष १५ सय मिटरमा माधव कुमार चौधरी बर्दिया प्रथम,मुकेश हरिजन कपिलबस्तु दोस्रो र सुनिल कुमार बिम तृतीय भए ।

त्यस्तै महिला १०० मिटर दौडमा नारायणी चौधरी बर्दिया प्रथम, प्रमिला थारु बर्दिया दोस्रो र सिमा चौधरी दाङ तृतिय भईन ।
त्यस्तै महिला १५ सय मिटरमा पुस्पा थारु बर्दिया, बिर्सना कुमाल बाके दोस्रो र सुमित्रा चौधरी तृतीय भए ।

त्यसैगरि महिला लङजम्पमा जयरानी चौधरी बर्दिया,सिमा चौधरी दाङ दोस्रो र प्रमिला थारु बर्दिया तृतिय भए भने सर्ट्फुट महिला तर्फ संगिता अधिकारी बर्दिया प्रथम,सुशिला चौधरी दाङ दोस्रो र सिमा बुढा रोल्पा तृतीय भए ।

त्यस्तै लङजम्प पुरुषतर्फ महादेव केवट दाङ प्रथम, श्रवण केवट दोस्रो र पुर्ण बहादुर आले तृतीय भए भने पुरुष सर्ट्फुटमा मिलन चौधरी बर्दिया प्रथम, केशव कुमार गुप्ता रुपन्देही दोस्रो र नगेन्द्र चौधरी नवलपरासीले तृतीय स्थान प्राप्त गर्न सफल भए ।

प्रदेश न ५ का १२ जिल्लाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता अन्तरगत बाकी ईभेन्टस् खेलहरु मंगलवार,बुधबार र बिहिवार हुनेछ्न् ।
फागुन २३ गते सम्म जारी रहने प्रतियोगिता बाट बृहत आठौ रास्ट्रीय खेलकुद प्रतियोगिता २०७५ मा प्रदेश न ५ मा प्रतिनिधित्व गर्ने खेलाडी छ्नोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*