Home / मनोरञ्जन / तीज गीतमा दंगाली कलाकार

तीज गीतमा दंगाली कलाकार

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) आउन १ महिना बढि छ । हरेक वर्ष झै तीजको रौनकता सुरु भएको छ । तीज पर्वलाई विशेष पर्वका रुपमा गीतले रौकनता थप्छ । अन्य पर्व भन्दा यो पर्वमा गीतको विशेष महत्व रहने गर्दछ । विवाह गरेर घरमा गएकी छोरी माईत जान पाउने र नपाउने गरि माईती एवं छोरीको वेदनाले पहिले पहिलेका तीज गीतमा प्राथमीकतता पाउथे । माईतिको याददेखी तीजमा माइृत जान नपाएको सासुले दिएको पीडालाई समेटिएका गीत पहिलेका एकदमै चर्चीत गीत मानिन्थ्यो । विशेष पिडा समेटिएको गीत नै त्यो बेलाको उत्कृष्ट गीत बन्थ्यो ।

19905199_1415299355228052_5725062608377379870_n

पछिल्लो समयमा तीज गीतमा पनि परिवर्तन देखिएको छ । समयको मागसँगै तीज गीतमा पनि परिवर्तन आएको छ । अहिलेका तीज गीत प्रेममा बाधिएका छन् भने फास्ट ट्रयाकमा रहेका छन् । नेपाली संगीत क्षेत्रमा नेपाली संगीत क्षेत्रमा दाङको विशेष महत्व रहेको छ । संगीत क्षेत्रको सुरुवातदेखी अहिलेसम्म नेपाली संगीतमा दाङे अग्रणी भूमीका रहेको छ । लोकगीतमा होस् या सुगम संगीत क्षेत्र अथवा नेपाली चलचीत्र क्षेत्रमा पनि दंगाली कलाकारहरको विशेष योगदान रहेको छ । यस्तै तीज गीतमा पनि दाङको विशेष महत्व रहेको छ । दंगाली कलाकारहरुले तीज गीतमा विशेष योगदान पु¥याएका छन् । यस वर्ष पनि दंगाली कलाकारहरुले तीज गीत बजारमा ल्याएका छन् ।

19961153_1415299418561379_7855108555091693941_n
नेपालकै उत्कृष्ट एव. लोकप्रीय गायीका कोमल वलीले यसवर्ष राजनिती गर्ने गीत बजारमा ल्याएकी छिन् । सधै पोई खोज्दै गीत गाउने कोमलले यसवर्ष पाई नखोजेर राजनिति रोजेकी छिन् । पाईल जान पाम, पोई चाहियो भन्दै गतवर्ष लास्टै चोटी पोई खोजेकी कोमलले यसवर्ष भने मलाई पोई चाहिएन राजनिती गर्छु, देशको सेवा गर्छु भन्दै नयाँ गीत बजारमा ल्याएकी छिन् । “ओए ओए मलाई चाहिएन पोई, म बाँच्ने देशकै लागी हो, म नाच्ने यसकै लागी हो” बोलको गीत बजारमा ल्याएकी छिन् । नेता बनेर देशको विकास गर्ने र सबै जनतालाई सुःख दुःखमा साथ दिने उनले गीतमा व्यक्त गरेकी छिन् । राप्रपाको नेता बनेर राजनिती सुरु गरेकी कोमलको यो गीत उनको जीवनको वास्तविकतामा जोडिएको स्रोताहरुको भनाई छ । यस गीतको शब्द र लय पशुपति शर्माको रहेको छ । पशुपतिले गीतमा अरु नेताले झैे भ्रष्टाचार नगर्न आग्रह गर्दै भ्रष्टाचार गरेमा जनताले पत्तासाप पार्ने सुझाव दिएका छन् ।

19989306_1415299491894705_7319108854713797387_n

दंगाली गायीका भूमीका गिरीको तीज गीत पनि बजारमा आएको छ । .दाङको देउखुरीकी गायीका भूमीकाले पछिल्ला वर्ष लगातार तीज गीत बजारमा ल्याएकी छिन् । उनका हरेक वर्षका तीज गीत उत्कृष्ट एवं चर्चीत रहेका छन् । जुन गीतले गर्दा उनको सांगीतिक क्षेत्रलाई झनै उचो बनाएको छ । उनको लोकदोहोरी गीत एवं तीज गीत स्रोताहरुले रुचाईएका गीत बनेका छन् । पछिल्लो समय लोकदोहारी क्षेत्रमा नमूना गायीका बनेकी भूमीकाले “दियौ चुरोट दिएनौ सलाई, कुन दिनको रिसले हो मलाई” बोलको यसवर्ष पहिलो गीत बजारमा आएको छ । धेरै गीतमा उनको स्वरमो माग भएकाले यसवर्षको पहिलो गीत बजारमा ल्याएको उनी बताउछिन् । े आषीश म्यूजीक प्रा.लीले बजारमा ल्याएको गीतमा भूमीकासँगै गायक पशुपति शर्माको स्वर रहेको छ । गीतको शब्द र लय पशुपति शर्माकै रहेको छ । यो गीतमा भूमीकाले आफै अभिनय गरेकी छिन् । उनी पछिलो समय मोडलको रुपमा पनि आफूलाई स्थापीत गर्दै छिन् । उनका धेरेजसो गीतमा आफै अभिनय गरेकी छिन् ।

20031883_1912003855753863_9038733009372072093_n
दंगाली गायक मेक्सम खातिले यस वर्षको तीज गीत बजारमा ल्याएका छन् । पछिल्ला समय लोकदोहोर िक्षेत्रका चर्चीत एवं लोकप्रीय मानिएका घोराही उपमहानगरपालिका ९ निवासी गायक मेक्समले यसवर्ष “तिजैको रहर” बोलको तीज गीत बजारमा ल्याएका छन् । “तिजैको रहर, सानुले कम्मर मर्काउदा हल्लीयो दाङ घोराही ्शहर” बोलको उनको गीत अहिले चर्चीत गीत बनेको छ । गोरक्ष म्यूजिक प्रा.लीको प्रस्तुतिमा रहेको गीतमा मेक्सम खाती क्षेत्री र टोकाकुमारी मगरको स्वर रहेको छ । जुन गीतमा शंकर विसी र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

19959140_1415299068561414_8314423452708834644_n (1)
दंगाली नव गायक रोहन वलीको तीज गीत पनि बजारमा आएको छ । घोराही उपमहानगरपालिका १० का रोहन पछिल्लो समय लोकदोहोरी क्षेत्रका नव गायक हुन् । उनलाई प्रवल संभावना बोकेको नव गायकको रुपमा हेरिएको छ । उनले बजारमा ल्याएका आधा दर्जन बढि गीतहरु चर्चीत रहेका छन् । उनका उत्कृष्ट गीतमध्य यसवर्षको तीजमा पनि उत्कृष्ट रहेको छ । “तीमलाई माया जुन भनम् की सुन भनम्, नाचौँ तिमी तिजमा फुरुक्क, त्यही देखेर मेरो मन भयो हुरक्क” बोलको उनको गीत अहिलेको चर्चीत गीत हो । वन वे फिल्मस्को प्रस्तुतिमा बजारमा ल्याएको गीतमा रोहन वली र रेश्मी विश्वकर्माको स्वर रहेको छ भने मोडल रना थापा मगर र भरत बमको अभिनय रहेको छ ।

19961317_1415299135228074_8039476130160534065_n
दंगाली गीतकार सुनिल विसीको तीज गीत पनि यस वर्षको उत्कृष्ट गीत हो । विसीको “बारुली कम्मर” गीत बजारमा आएको छ । “बारुली कम्मर बाँच्ने बनायो, मैले किन्देको राता ेसाडीले छम्छम् नाच्ने बनायो” बोलको गीत बजारमा आएको छ । पछिल्लो समय नव गीतकारको रुपमा आफूलाई अगाडी बढाईरहेका दंगाली गीतकार सुनिलको यो गीत उत्कृष्टमध्यको एक गीत हो । वन वे फिल्मस्को प्स्तुतिमा रहेको यो गीतमा शब्द र लय सुनिल विसीको रहेको छ भने रामजी खाँड, दीपा रोकाया र आँशु पाण्डेको स्वर रहेको छ । जुन गीतको एरेञ्ज गोविन्द मधुर आचार्यले गर्नुभएको छ भने रीना थापा मगर र रोशन विसीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*