दाङ, २५ कार्तिक
उम्मेदवार सिफारीसका क्रममा योगेन्द्र चौधरी फोरम लोकतान्त्रीकबाट प्रतिनीधिसभा सदस्य उम्मेदवारका रुपमा सिफारीस भए । क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य उम्मेदवार सिफारीस भएका योगेन्द्र फोरम लोकतान्त्रीकबाट उम्मेदवा चुनिईसक्थे ।
लगत्तै कांग्रेससंग पार्टी एकीकरण भयो । घोराहीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम लोकतान्त्रीकका प्रमुख सचेतक योगेन्द्र अब कांगे्रस नेता भए । सीट बाँडफाँडका क्रममा योगेन्द्र प्रतिनीधिसभा सदस्य उम्मेदवार बन्न पाएनन् ।
यो घटनालाई केहिले योगेन्द्र असन्तुष्ट भनेर प्रचार समेत गरे । तर योगेन्द्रले पार्टीको निर्णयलाई सर्वोपरि ठानेको बताउँदै योगेन्द्र असन्तुष्ट बनेको भनेर फिजाईको हल्ला निराधार रहेको बताउँछन् ।
उनले भने ‘म कांग्रेसी भैसकेपछि मैले मेरो व्यक्तिगत निर्णय भन्दा पार्टी निर्णयलाई पालना गर्नै पर्छ र म गर्छु, कांग्रेसले चुनेका उम्मेदवारहरुलाई जिताउनु मेरो अबको प्रमुख लक्ष हो ।’
उम्मेदवारको आकांक्षी हुँदैमा उम्मेदवार बन्नै पर्छ भन्ने हठ पाल्नु जायज नभएको भन्दै उनले आँफू अब कांग्रेसको सच्चा सिपाही भएको बताए । ‘म अब कांग्रेसको सच्चा सिपाही हो,’उनले भने ‘पार्टीले खटाएको सिपाहीले त्यहि काम गर्छ जुन कामले पार्टीलाई हित पुग्छ ।’
उनले पार्टीलाई अहित हुने खालका कुनै पनि गतिवीधि आँफूबाट नहुने भन्दै आँफू माथि आशंका नगर्न आग्रह समेत गरे । ‘म माथि कसैले आशंका नगर्नुस्, म सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्छु,’उनले भने ‘म कांग्रेस जिताउने अभियानमा छु, मेरो अनुरोध छ सबै मिलेर कांग्रेसलाई विजयी बनाऔँ ।’
उनले बामगठवन्धनले का्रंग्रेसलाई थप बजवुत बनाउन बल पुर्याएको भन्दै कांग्रेसको एकतानै जीतका लागि काफी भएको समेत बताए ।
RaptiSandesh RaptiSandesh