Home / Feature Breaking news / घोराही उपमहानगरपालिकाको दशैं नगरसभा : बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन

घोराही उपमहानगरपालिकाको दशैं नगरसभा : बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन

दाङ, १२ पुस । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमितता गर्नेलाई कारबाहि गर, नगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाइँदैनलगायतका नारा लगाउँदै घोराही उपमहानगरपालिकाको १०औ नगर सभा बैठक सभासदहरुले बहिष्कार गरेका छन् ।

घोराही उपमहानगरपालिका प्रशासनको मिलोमतोमा उपमहानगरपालिकाको सरसफाई शाखाको एउटा गाडी बिग्रिएर थन्किएको अवस्थामा पनि इन्धन प्रयोग भइरहेको पाइएको थियो । यसका लागि उपमहानगरपालिकाले छानबिन समिति बनाएर सो समितिले प्रतिवेदनसमेत बुझाइसक्दा पनि अनियमिततामा संलग्न कर्मचारीमाथि कारबाही नभएका कारण सभासदहरुले नगरसभामै नाराबाजी गरेका हुन् । त्यसपछि नगरसभा बैठक अवरुद्ध भएको थियो ।

कार्यपालिकाको १११औँ बैठकको बुदा नं. ५ मा इन्धन दुरुपयोग सम्बन्धी गरिएको निर्णय, कार्यपालिकाको १११औँ बैठकको बुदा नं. १० को कल्पु धर्मशालासम्बन्धी निर्णय, कार्यपालिकाको ११२औँ बैठकको बुँदा नं. ८ मा भूमिसम्बन्धी गरिएको निर्णयप्रति सभासदहरुले असहमति जनाएका छन् । त्यसैगरेर कार्यपालिकाको ११०औँ कार्यपालिका बैठकको बुँदा नं. ८ को करार सेवामा कार्यरत कर्मचारी सम्बन्धी निर्णय र ११०आँै कार्यपालिकाको बैठकको निर्णय नं. १८.२३ मा असहमति भएको भन्दै बहिष्कार गरिएको वडा नं. ४ वडा अध्यक्ष भीमबहादुर सार्कीले बताए ।

नगरमा भएका गलत कुरा पहिलेदेखि उठाइरहे पनि सुनुवाई नभएको उनले बताए । ‘हामीले उठाएको कुरा मेयर सापले सुन्नुहुँदैन, त्यसैले आफू बैठकमा आउन छाडेको छु’, अध्यक्ष सार्कीले भने । बिग्रिएको गाडीमा तेल प्रयोग गर्नेलाई कारबाही हुनुपर्ने उनको अडान थियो । साथै उनले आवश्यक नभएको स्थानमा पनि उपमहानगरपालिकाले कार्यकर्ता भर्ती गरेर कर्मचारी भन्दै पठाउने गरेको पनि बताएका छन् । ‘नगरप्रमुखविरुद्ध नाराबाजी गर्नु हाम्रो रहर नभएर बाध्यता हो, त्यसैले नगरसभा हामीले बहिष्कार समेत ग¥यौं’, अध्यक्ष सार्कीले भने ।

दशौँ नगरसभाको कार्यसूचिमा कार्यपालिकाको बैठक नं. १०९ देखि ११५ सम्मको निर्णयहरु अनुमोदनका लागि पेश गरिएको एजेण्डाका विषयमा नगरसभाका सदस्यहरुले उठाएको विषयमा दोस्रो सभामा छलफल गरिने भनेर भनिए पनि दोस्रो सभामा उक्त विषय छलफल तथा अनुमोदनका लागि कार्यसूचिमा नै नराखी एकलौटीरुपमा अवैधानिक ढंगबाट नगर सभा बहुमतको संख्याकै बेवास्ता गरिएका कारण सभा बहिष्कार गरिएको वडा नं. १४ का वडाअध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

कार्यपालिकाले गरेका निर्णयका बारेमा सभाका सदस्यहरुलाई जानकारी दिनुपर्ने उनले बताए । नगरसभा नगरसभाको रुपमा नै अगाडि बढाउनुपर्ने उनको भनाइ रहेको थियो । ‘सभाका सदस्यहरुले उठाएका विषयहरु छलफल गर्दै पास गर्नुपर्दछ’, वडा अध्यक्ष डाँगीले बताए । चोर बाटो प्रयोग गरेर निर्णयहरु पास गराउन खोजिएको उनको आरोप रहेको छ । ‘एकलौटीरुपमा अगाडि बढ्न खोजिएको छ’, वडाध्यक्ष डाँगीले भने । कर्मचारी राख्ने नाममा राजनीतिक भर्तीकेन्द्र बनाउन थालिएको नगरसभा सदस्य रेमन्ता पुनले बताइन् ।

‘कर्मचारी राख्दा दक्षता, क्षमताका आधारमा नभई राजनीतिक आस्थाका आधारमा भर्ना गर्ने गरियो’, उनले भनिन् । साथै नगरसभा बहिष्कार गर्ने सभासदहरुले बैधानिक तरिकाले पुनः नगरसभा बैठक सञ्चालन गर्न समेत माग गर्दै उपमहानगरपालिकामा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*