Home / Feature Breaking news / देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा उनको सचिवालयबाट भिडियो प्रचार सुरु भएको छ ।

भिडियो मात्र नभएर ऐतिहासिक महत्वका फोटोहरु तथा ‘ग्राफिक्स टेक्ट’मार्फत गरिएका प्रचार सामग्री तत्काल बन्द गर्न महामन्त्री पूर्णबहादुर खड्का तथा प्रवक्ता विश्वप्रकाश शर्माले अनावश्यक प्रचार बन्द गर्न निर्देशन दिएका हुन् ।

महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्, “जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री आदर्णीय शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई बिशेष अनुरोध गर्दछु ।”

प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारले राम्रो काम गरुे जनताले नै प्रसंशा गर्ने भन्दै आफैँ भिडियो बनाएर प्रचार गर्नु गलत हुने बताएका छन् ।

“प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैले बनाउने छन् – भिडियो, नत्र पार्टीले बनाउला !,” शर्माले समाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ, प्रधानमन्त्रीको सचिवालयझको ध्यानाकर्षण गराएको छु । जय नेपाल !”

उनले जनताका प्राथमिकता अर्कै भएको भन्दै सरकारले पनि त्यता ध्यान दिनुपर्ने भनेर ट्वीटर थ्रेड बनाएका छन् ।

“खोपदेखि भोटसम्मझको यो यात्रा तीन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ !,” शर्माले भनेका छन्, “परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् ।”

प्रवक्ता शर्मासँग भने समन्वयमै भिडियो बनाएको देउवाको सचिवालयले जनाएको छ ।

१४ औं महाधिवेशन लक्षित गरेर देउवाको प्रचार गर्ने, देउवाको पक्षमा परणिम निकालेपछि कांग्रेसबाट बनेका अन्य पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कृष्णप्रसाद भट्टराईको पनि भिडिायो आउने सचिवालयको भनाई छ ।

“यसमा मसहित सात आठ जनाको समुह सक्रीय छ । प्रवक्ता विश्वप्रकाश शर्माले पनि सहयोग गर्नुभएको छ तर, यो प्रचार विभागको वा प्रधानमन्त्रीको सचिवालयको कार्यक्रम होइन,” प्रधनमन्त्रीको सचिवालयमा रहेका एक सदस्यले भने, “हामी अहिले महाधिवेशनसम्म देउवाका, महाधिवेशन पछि गिरिजाबाबु, सुशील कोइराला र किसुनजीका तथा राष्ट्रिय चुनावमा कांग्रेसका काम समेटेर भिडियो र प्रचार सामग्री बनाएर काम गर्ने पक्षमा छौं ।”
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*