Home / Feature Breaking news / दुवै खुट्टा नभएका ७० वर्षीय आरोही सगरमाथा शिखरमा

दुवै खुट्टा नभएका ७० वर्षीय आरोही सगरमाथा शिखरमा

काठमाडौं,३१ वैशाख । दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले ‍सगरमाथाको सफल आरोहण गरेका छन्।

दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ पर्वतारोही सिया बोयुले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्टी गरेको छ।

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्।

नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ६ महिनाअघि ल्याए पनि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहण गर्न सफल भएका हुन्।

सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८।३० बजे सगरमाथाको शिखर पुगेका हुन्।

यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेका छन्।

४० वर्षअघि सगरमाथि आरोहण गर्ने क्रममा हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगेको बिबिसीले जनाएको छ।

तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्।

यसअघि सन् २०१५ मै सगरमाथा चढ्न लागेका उनलाई महाभूकम्पले साथ दिएन। सेतोपाटी अनलाईनवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*