Home / Feature Breaking news / कोरोनाबाट तुलसीपुरका एक जनाको मृत्यु

कोरोनाबाट तुलसीपुरका एक जनाको मृत्यु

दाङ,८ असोज । कोरोना भाइरसका कारण दाङका १ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ३९ बर्षीय एक जना पुरुषको काठमाडौमा रहेको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बोनम्यारो रोगबाट पीडित उनी उपचारका क्रममा काठमाडौ गएको संक्रमित भएका थिए । उपचारका लागि भदौको ४ गते काठमाडौ गएका उनमा भदौको ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराईरहेका उनको विहिवार मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*