Home / Feature Breaking news / कुुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

कुुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

लिलाधर वली
दाङ,१२ फागुन । प्युठान सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा अहिले कुसुण्डा भाषा सिक्दैछन । लमही नगरपालिका वडा नं. ६ कुलमोडमा बसेर उनले कुसुण्डा भाषा सिक्न थालेकी हुन । उमेरले करिव १७ ÷१८ बर्ष पुगेकी हिमालाई कुसुण्डा भाषा बोल्न जान्दैन थिइन । तर केही दिनयता लिएको कक्षाका कारण उनले सामन्य नामहरु भन्न सक्ने भएकी छिन । घोराही उपमहानगरपालिका वडा नं. ५ माध्यामिक विद्यालय धर्नामा अध्ययनरत हिमा आफनो भाषा सिक्न कै लागि अहिले कुलमोडमा बस्छिन ।

कुलमोडमा बसेर भाषा सिक्न थालेकी उनी आफनौ मातृभाषा सिक्न पाउँदा खुशी देखिन्छिन । ‘कुसुण्डा जातिको आफनै भाषा हुन्छ भन्ने सुनेकी थिए, तर सिकाउने कोही नभएकाले बोल्न जान्दैन थिए,’शुक्रवार कक्षा लिदै गरेकी हिमाले भनिन्,‘ कुसुण्डा भाषा सिक्न थालेपछि केही शव्द भन्न सक्ने भएकी छु ।’ उनका अनुसार करिव एक हप्ता पढ्दा आमा, बुबा, बहिनी, दिदी,दाई,भाई, नाम, घर, वनलगायतका धेरै शव्द्धहरु जान्न सक्ने भएको बताउछिन । यसले आफुलाई आफनो भाषा सिक्न उत्साहित बनाएको समेत बताइन । ‘सुरुपमा आफनो भाषै नजान्दा लाज लाग्ने गथ्र्याे,’उनले भनिन,‘तर अहिले विस्तारै विस्तारै सिक्दै गएको छु, यसले आफुलाई हौसल्ला बढाएको छ ।’ आफुहरुले भाषा सिक्न पाउदाँ लोप उन्मुख अवस्थामा पुगेको कुुसुण्डा जातिको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उनी बताउछिन ।

हिमा जस्तै सुर्केत गुर्वाकोट नगरपालिका–५ राजीगाउँ निवासी तेजु कुुसुण्डा पनि अहिले कुलमोडमै आफनो भाषा सिक्दै छन । कुसुण्डा जातिहरुको आफनै मातृभाषा छ भन्ने सुनेको भएपनि ३२ बर्षिय तेजुलाई बोल्न आउँदैन थियो । तर अहिले कुसुण्डा भाषा कक्षा लिन थालेपछि घरपरिवारका सदस्यहरुलाई बोलाउने शव्द, जनावरहरुलाई नाम, शरिरका अंगहरुलगायतका विभिन्न शव्द्धहरुको ज्ञान भएको उनी बताउछन । ‘कुसुण्डा जातिको आफनै मातृभाषा भएपनि मलाई केही पनि आउँदैन थियो,’ तेजुले भने,‘तर कुसुण्डा भाषा कक्षा लिन थालेपछि धेरै कुराको ज्ञान भएको छ ।’ कुसुण्डा भाषा सिक्ने धेरै पहिलेदेखि रहर भएपनि सिक्न नपाएका तेजुले अहिले भाषा आयोगको सहयोगमा भाषा सिक्न थालेका छन ।

teachar

यसले आफुलाई भाषा सिक्न उत्प्रेरित गर्नुका साथै हराएर जाने अवस्थामा पुगेको भाषा सिक्न पाउदाँ खुशी भएको बताउछन । ‘अहिले नेपालमा दुई जना मात्र कुसुण्डा भाषा बोल्न जान्ने मान्छेहरु हुनुहुन्छ ।त्यहाँहरुवृद्ध अवस्थामा पुगि सक्नुभएको छ’, तेजुले भने,‘ उहाँहरु बित्नुभयो भने हाम्रो भाषा नै लोप हुने अवस्थामा छ, यस्तो अवस्थामा आफुले भाषा सिक्न पाउँदा खुशी लागेको छ ।’ आफनो भाषाप्रतिको माया र उत्साहका कारण आफु सुर्खेतवाट दाङसम्म भाषा सिक्नका लागि आउको उनी बताउछन ।

अहिले हिमा र तेजु जस्तै कुलमोड स्थीत ज्ञानीमैयाँ कुसुण्डाको घरमा १० जना बालबालिकाहरु बसेर अध्ययन गरिरहेका छन । उनीहरु दाङ, प्युठान र सुर्खेतका रहेका छन । कुुसुण्डा जातिको भाषा सिक्न नयाँ पुस्ता अग्रसर भएपछि बषौदेखि भाषा लोप हुन्छ कि भनेर चिन्ता गर्दै आएकी ज्ञानुमैयाँ कुसुण्डा समेत खुशी भएकी छन । ‘आफनो भाषा नयाँ पिठीले सिकोस भन्ने लागेको थियो तर भाषा सिक्न कसैले चासो दिएनन्’, ज्ञानुमैयाँ कुसुण्डाले भनिन्,‘ तर अहिले धेरे बालबालिकाहरु भाषा सिक्न आएका छन । यिनीहरुले भाषा सिक्छन भन्ने मलाई विश्वास लागेको छ ।’ नयाँ पुस्ताले भाषा सिक्न चासो देखाएपछि लोप उत्मुख अवस्थामा पुगेको भाषा संरक्षणमा समेत सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

नयाँ पुस्ताले आफनो मातृभाषा सिक्न चासो देखाएको कुसुण्डा भाषाका जानकार समेत रहेका शिक्षक उदय आले बताउछन । कुसुण्डा भाषाको कक्षा सुरु भएपछि नयाँ पुस्ता भाषा सिक्न उत्साहित देखिएका छन् । ‘९० घण्टाको कक्षा सुरु भएको छ, यसको पहिलो चरणमा कुसुण्डा भाषा सम्वन्धी विभिन्न शव्दहरु सिकाउने काम भईरहेको छ’,आलेले भने,‘प्रारम्भीक तहको कक्षामा बालबालिकाको राम्रो उत्साह देखिएको छ ।’ भाषा आयोगको कार्यक्रम उपलव्धी पूर्ण होस र नयाँ पुस्ताले पनि आफना भाषा सिकुन भनेर अहिले स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई मात्र राखेर कक्षा सञ्चालन गरेको उनी बताउँछन । राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई १३ जना कुसुण्डा जातिका मानिसहरु रहेका छन ।

मध्य दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह,काठमाण्डौ,मोरंगलगायतका जिल्लाहरुमा कुसुण्डा जातिको बसोवास रहेका छन ।
अहिले कुसुण्डा भाषा जानेका दुई महिला मात्र रहेकी छन् । ८२ वर्षीय ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीय कमला कुसुण्डा आफनो भाषा पूर्ण रुपमा बोल्न सक्नछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*