Home / Feature Breaking news / अवको शिक्षा

अवको शिक्षा

यादव गिरी
हामी कहाँ छौंः वि.स. २०२८ मा सामुदायिक एव् गैरसरकारी तवरबाट स्वतस्फूर्त रुपमा लगानी तथा व्यवस्थापन भइरहेका विद्यालयहरूको केन्द्रिकरण गर्दै तत्कालिन राज्यसत्ताले सवै किसिमका विद्यालयहरुको व्यवस्थापन, नियमन तथा संचालनको सम्पूर्ण बागडोर सम्हाली वि.स. २०३६ सालसम्म राज्यको दायित्वको नाममा समग्र शिक्षा क्षेत्रको प्रत्यक्ष नेतृत्व ग¥यो । राष्ट्रियकरणको नीतिको आडमा चालिएको यो कदम आत्माघाती भएको विषय तव प्रमाणित भयो जव एकातिर विद्यालयको संञ्चालन एवं व्यवस्थापन अस्तव्यवस्त हुँदै नेपालको शैक्षिक प्रणाली समेत तहसनहस भयो ।

आज विभिन्न क्षेत्रमा स्थापित विद्यालयहरूले २१औं शताब्दीका नवीन चुनौतीहरूसँग सामना गर्नसक्ने दक्ष जनशक्ति निर्माणका साथै राष्ट्रको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यतिमात्र नभएर गुणस्तरीय शिक्षाका लागि विदेशिने प्रवृति संख्यात्मक रूपमा कमी भई स्वदेशमै उद्यमशीलताको विकासका साथै करोडौँको धनराशी विदेशिनबाट बचाउनमा समेत सक्षम विद्यालयहरुको औचित्य प्रमाणित भैसकेको अवस्था छ । । हजारौँको संख्यामा दलित, जनजाति, गरिब, जेहेन्दार तथा द्वन्दमा परेका विद्यार्थीलगायत जनआन्दोलनका घाइते एवं सहिदका परिवार तथा अङ्गभङ्ग भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी राष्ट्रले गर्नुपर्ने लगानीमा निजी क्षेत्रले ठूलो योगदान पु¥याएको छ ।

यस प्रकारको सहयोगलाई राज्यले उचित सम्बोधन गरी अझ व्यवस्थित र पारदर्शी बनाउदै राष्ट्र र जनताको हित र कल्याणको लागि प्रयोग गर्न सक्ने अझ बढी संम्भावना देखिन्छ । परिवर्तित समय र परिस्थितिहरुलाई आत्मसाथ गर्दै विद्यार्थी र अभिभावकवर्गको चाहनाअनुसार आजको बढ्दो प्रतिस्पर्धात्मक अन्तराष्ट्रिय बजारमा समेत आफूलाई सक्षम तुल्याउन सक्ने जनशक्ति उत्पादन गर्ने कार्यमा सक्रिय भूमिका निभाउनु हामी सबैको
दायित्व हुदा हुदै पनि हामिले गर्न सकेका छैनौं । अहिले पनि उहि पुरानै सोच र रबैयामा हामी रहेका छौ। विद्यालयहरुको संरचना पुरान तवरले नयाँ निर्माणमा हामी जागरुक छौं । पाठ्यक्रममा नविनता आयपनि शिक्षण
कार्यकलापमा हामी पुरानै छौं । विधार्थीमाझ हामी अझै लौरो संस्कृतिले परिचित छौं । संम्पूर्णतामा हामी नयाँको ढ्वाङ रच्दै पुरानैमा रमाइरहेका छौं ।

 

विश्व वजारः विश्व वजारसंग हामीले आफुलाई तुलना गर्नै सक्दैनौं । विकसित मुलुकको १३औं शताव्दिको मोडललाई समेत हामी पकड्न सकेका छैनौं । सिंगापुरमा विद्यालय तहमा विद्यार्थीले किताव वोक्नु पर्दैन । उसको घर आराम गर्ने स्थान हो । विद्यालय सिप सिकाई प्रयोग गर्ने स्थान वनेको छ । विद्यालय नपठाउने अभिभावक जेल जानुपर्ने देश पनि सिंगापुर हो । जर्मनी, फ्रान्स, सुइजरल्यान्ड,इटाली जस्ता देशहरुमा विद्यालय तह पश्चात ४ वर्ष
अनिवार्य प्राविधिक शिक्षा पढ्नै पर्ने व्यवस्था छ । प्राविधिक सिकाई पश्चात मात्र उच्च शिक्षामा जाने प्रावधान छ । अमेरिका, क्यानडा, अस्ट्रेलिीा लगायतका देशहरुमा अनुसन्धानात्मक शिक्षण सिकाई हावि रहेको छ । विद्यालय तहदेखिनै उनिहरुलाई परियोजना कार्यमा समावेस गराउदै लैजाने परिपाटी रहेको छ ।

अर्थात विश्वका विकसित मुलुकहरुले विश्व वजारको माग लाई अहिलेका विद्यार्थीहरुको चाहनासँंगै इन्टिग्रेसन गदै सिकाइलाई अघि लगेका छन । विद्यार्थीले विद्यालयमा किताव पढदैन, उसले त जिवन पढ्छ र महसुश गर्छ । उसले गर्ने महसुस उसको जिवनकाल सम्म रहन्छ । यहि हो सिकाई जीवनको अनि शिक्षाको । यसैले पनि सिकाइ प्रभावकारी तथा उच्च उपलव्धिमुलक भएको देखिन्छ ।

अवको शिक्षाः शिक्षालाई जीवनसंग जोडियर हेर्न आवश्यक छ । सफलताको मापन र मान्यता फरक भएको छ । मानक फेरिएको छ । विचार फेरिएको छ । अवधारणामा परिवर्तन आएको छ । हिजका दिनमा भएका सफलताहरु वर्तमानमा असफल हुन सक्छन । हिजको सफलता वर्तमानमा साँघुरीन सक्छ । सफलता आफैमा मानक हो । पात्रको प्रवृति, सोच र कार्यशैलिले सफलताको घेरा साँघुरीन सक्छ वा फराकिलो हुन पनि सक्छ । तसर्थ उच्च चाहना र प्राप्तिको उत्कट चहना र आकंक्षा रहनेहरु जहिल्यै परम्परा भन्दा बाहिर रहन्छन । यो मानविय स्वभाव हो । परम्परागत भन्दा वाहिर रहन्छन । परिवर्तनको सम्वाहक भएर रहन्छन । नँया शव्द, शैली, सोच र क्षेत्रको सृजना गर्ने गर्दछन । अहिलेको परिवेशमा सफल पात्र जहिल्यै

१. विश्वमा जँहासुकै वस्ने काम गर्ने ।
२. आफुलेमन परायको स्थान र समयसम्म घुम्नमा चाहना राख्ने ।
३. आफ्नो क्षमता र चाहना अनुसारको काम गर्ने ।
४. आम्दानीमा रमाउने।
५. उच्च वर्गमा रहेर विश्वको जुनसुकै ठाउमा काम गर्ने ।
६. आफ्नो समय र कार्यालयमा रहने ।
७. कन्ट्याक्टमा आएको काम गर्न भन्दा आफ्नै काम गर्नमा रुचाउने हुन्छन ।

अहिलेको शिक्षाले यहि भन्छ । नितिले यहि भन्छ । आवश्यक्ताले यहि भन्छ । विश्वले यहि भन्छ । सवैको माग यहि हो । शिक्षा निति यहि अनुसार हुन आवश्यक छ । अहिलेको पिढिको संरचनागत विकास विश्वास गर्नै नसकिने गरी द्रुत तवरले वढेको छ । यो स्वतन्त्रताले यो पिढिलाई कहाँ पु¥याउने हो हामी कसैलाई थाहै छैन । तर एउटा थाहा भएको तथ्य भनेको अवको शिक्षा यसलाई सम्वोधन गर्ने खालको हुनु पर्छ । यो साश्वत तथ्य भने हो । विश्वपरिवेश जति एडभान्स हुदैछ, त्यति चुनौतीलाई समाधान गर्ने सृजनशिलता हामीलाई आवश्यक छ । यो मात्रा वढ्दै गएको छ । आजको परिवेशमा सफल हुनलाई रचनात्मक हुन आवश्यक छ । तर सफलताको तरीकामा फरक आउदा, शैक्षिक लक्ष्य प्राप्तीको लागिहामीहरु एडजस्ट गर्नै सक्दैनौं ।

२०औं शताव्दिले जहिल्यै अयmउष्बिलअभ र अयलायचmष्तथ लाई रचनात्मक संग समाहीत गरायो । यि दुई लाई व्यवसायिक सफलताको कडिको रुपमा ग्रहण गर्न सिकायो । तर अहिले आउदा यि यगतमबतभ भए ।
र पनि विद्यालयहहरुमा हामीले वोकीरहेका छौं मुल्य मान्यता स्थापित गर्नका लागि हो भनेर । गजवको कुरा वोक्न त वोक्यौं, तर प्रभावकारी तवरले विद्यार्थी माझ लग्न सकेका छैनौं । फलस्वरुप विद्यार्थीहरुको अनुहारले त्यसको झल्को दीन सकेन, न शिक्षकहरुको । शिक्षाको लक्ष्य समेत प्राप्त हुन सकेको छैन आजका दिन सम्म आइपुग्दा । तसर्थ हामी लक्ष्यहिन, दिशाहिन भएर शिक्षा क्षेत्रमा आफुलाई शिक्षा सेवक भनेर परिचित गराइरहेका छौं ।

२०औं शताव्दिमा राष्ट्रिय पाठ्यक्रमले लिएको लक्ष्य भनेकै उत्कृष्ट विद्यार्थी र शिक्षकहरुको पहिचान गर्नु हो । विद्यार्थीले विद्यार्थीलाई जाच्नु हो साथै नाप्नु पनि हो । शिक्षकको भुमिका भनेको प्रतिभा पहिचान गर्नु हो । विडम्वना विद्यार्थीहरुलाई एकै ठाउमा सिमित हुने गरी उसको प्रतिभालाई साँघुरो वानाइयो । उस्को इच्छा विपसरित विभिन्न परिवेशहरुवाट उत्साहितगर्ने भन्दा हतोत्साहीत गर्ने वातावरण तयार गरियो । जसले विद्यार्थीहरुमा रहेको
वास्तविक प्रतिभा वाहिर निस्कन सकेन । विद्यार्थीमा भएको सृजना र रचनालाई खुम्च्याउने काम गरियो । यो विडम्वना हो । अझ थप विडम्ना त हिज हामीले जे ग¥यौं, अहिले पनि त्यहि गर्न प्रयास गछौं । अहिले पनि पाठ्यक्रमले घोकाउने भन्दैन, तर हामी हिजका दिन घोकेकै कारण विद्यार्थीहरुलाई घोकाइरहेका छौं ।

त्यहि घोकाइलाई बुझाइको रुपमा परिभाषितगर्ने घृणित कार्य गरिरहेका छौं । अहिले पनि यहि कारणले धेरै विद्यार्थीहरु विद्यालय शिक्षावाट वाहिरिन्छन । थोरै मात्र माथि पुग्छन । अव वहस गर्ने समय आएको छ । युट्यूव तथा भिडियो गेमका माध्यवाट एउटा विद्यार्थीको बुझाई शिक्षकले पढाएको भन्दा वेसी हुन सक्छ भने, तपाइ हाम्रा अभिभावकले अव विद्यालय किन जाने भन्ने समय आइसकेको छ । हुन सक्छ, उच्च शिक्षामा मौलाउदै गएको अनलाईन शिक्षाको अवधारणले केही हद सम्म यसको आवश्यक्ताको पुष्टि गर्ने गर्दछ । अवको सिकाई भनेकै भिन्न तवरले सोच्ने, सुचनाको आदान प्रदान गर्ने हो । परिवर्तन भनेकै हिजको परम्परावाट वाहिर निस्कदै सामान्य तवरले गर्दै गरेको भन्दा भिन्न तवरले गर्ने हो ।

अव विद्यालयहरुले सोच्ने वेला आइसकेको छ । कि स्कुलमा विद्यार्थीहरुको शैक्षिक उपलव्धी देखिएन भने अव परिवर्तनको आवश्यक्ता छ भनेर । जवसम्म हामी परिवर्तनलाई आत्मसाथ गर्दै आफुमा परिवर्तन गर्दैनौं, तवसम्म उहि पुरानै परम्परा र विधि हामीमा हावी रहेको हुन्छ । यसको निरन्तरताले कहिले सम्म थेग्ने हो हामी आफैलाई थाह छैन, हुदैन र भएन । अलिकति परिवशेलाई हेरौं । हामीले भन्दै आएको २१औं शताव्दिको शिक्षा । यो संगै यससँंग जोडिने उमेर समुहलाई पनि हेरौं । विशेष गरी २०६५ देखि यता यस धर्तिमा थपिएका नागरीकहरु २१औं शताव्दिको शिक्षामा भिज्ने गर्छन । यो अवधिले प्रविधि र इन्टरनेट विनाको जिवनलाई स्विकार्नै सक्दैन । अर्कोतिर हामी विद्यालयहरुमा अझैपनि स्मार्टफोन,इन्टरनेट जस्ता प्रविधिलाई भित्राउन स्विकार्न सक्दैनौं । हेर्नुस त, पुस्तान्तरणको माग र हाम्रो प्रविति र सोचको लाडाइ । अनि कसरी हुन्छ शिक्षामा परिवर्तन ।
तपाई हामी हाम्रा वच्चा वच्चिहरुलाई हेरौं ।

जन्मदै स्मार्टफोनका ज्ञाता भइसकेका हुन्छन । जन्मदै डिजिटल मैत्री भइसकेका छन । स्मार्ट फोन नभएको घरहरु विरलै छन । सामाजिक सञ्जालहरुको प्रयोग नगर्नेहरु अव चामलमा घुन खोजेजस्तै हो । हिजका दिनमा यि
विलासिता थिए । अव आवश्यक्ता भएर रहेका छन । हाम्रा विद्यालयहरु पनि यो भन्दा भिन्न हुन सक्दैन । विद्यालय समाज भन्दा पृथक रहन सक्दैन । समाज विश्व वजारवाट टाढिन सक्दैन । अहिलेको समयमा विश्वको कुनै पनि ठाउवाट सुचनाको प्रभावह निमेष भरमै हुन्छ । । चाहेर नचाहेर विश्वमा हुने परिवर्तन हामी माझ क्षणभरमै आइपुग्छ । यो परिवेशमा शिक्षामा नयाँ आयाम ल्याउनु तपाइ हामी सवैको कर्तव्य, दायित्व, इमान्दारिता र शैक्षिक अनुशासन हो ।

अहिलेका विद्यार्थी वुद्धिमता, रचनात्मक स्वन्त्रता तथा क्षमतावान छन । अझ विशेष गरी प्रविधि र विश्व वजार सभ्यतामा अभ्यस्त रहेका छन । अवको पिढि भनेका एक ठाउ, एक विषयमा सिमित हुने हैन । शिक्षा पनि त्यस्तो हैन । वर्तमान युवाको चाहना र इच्छा, विश्वको आवश्यक्ता अनुसारको शिक्षा अव हुन आवशयक छ । अर्थात बहुस्थान, बृहत क्षेत्र तथा विशाल ज्ञानको अवधारणमा अवको शिक्षा हुन आवश्यक छ । विश्व जित्ने सिप युक्त शिक्षा अवको आवश्यक्ता हो । जसले विद्यार्थीमा आत्मविश्वास बढाउछ साथ ै आफुले जानेका सिपको प्रयोगको मात्रा बढाएर पूर्ण विद्यार्थी वनाउनमा भुमिका खेल्छ । अझ भन्नुपर्दा विद्यार्थीमा भएको सिकाइले आफुमा भएको क्षमतालाई केन्द्रित गर्दै स्मार्ट तवरले प्रयोग गर्न सक्नुनै अवको सिकाइको आवश्यक्ता हो । तसर्थ अहिलेको समयले मागेको तथा शिक्षाले खोजेको भनेकै रचनात्मक विद्यार्थी, कुनै पनि विषय वस्तुलाई विभिन्न कोणवाट केलाउन सक्ने उत्पादन, सञ्चारको महत्व बुझ्न र बुझाउन सक्ने जनशक्ति तथा सहकार्यमा रमाउने नागरीक हो ।

यो माग अवको शिक्षाले पुरा गर्नसक्ने हुनु पर्दछ । रचनात्मक सिपले प्राप्त सुचनालाई नयाँ सिरावाट केलाउदै, नयाँ सम्भावनाहरु खोज्दै समस्यालाई समाधानमुखि वनाउनमा ठुलो भुमिका खेल्छ । जसको वृहत स्वरुप भनेकै
समालोचनात्मक क्षमता हो । सञ्चारले सूचना प्रवाहमा सहजता मात्र ल्याउदैन, विषय वस्तुलाई वोधगम्य तथा सरल वनाउनमा पनि त्यतिकै महत्व राख्ने गर्दछ । र सहकार्य भनेकै समूह कार्य हो । यसवाट उपव्धिको उच्चतम विन्दु चुम्नमा मजा नै व्यग्लै रहन्छ ।

समस्या कहानेर छः समस्या पाठ्यक्रममा छ । धेरैको गुणासो हो । वास्तविकता यो हैन । पाठ्यक्रमले अहिले पनि विद्यार्थी कृयापलापमा आधारीत रहेर शिक्षण गराउने भन्छ । तपाई हामी कतिजनाले यो गरेका छौं । केही अपवाद वाहेक धेरैको संख्यामा हामी क्रियाकलाप गराउदैनौं । शिक्षक ट्रान्सलेटर हैन, शिक्षक त सहजकर्ताको हो । तर निकै न्यून शिक्षकले मात्र सहजकर्ताको भुमिका निर्वाह गरेको पाईन्छ । वास्तविकता यहि हो । मैले देखेको समस्या हामीमा नै छ । परिवर्तनलाई आत्मसाथ नगर्नु हो । त्यसैले आफ्नो सम्स्याले विद्यालय, विद्यालय जस्तो वनेको छैन । विद्यार्थी सुगा वनेर रमायका छन । शिक्षक झारा टार्दैमा दैनिकि कटाएको छ । त्यसैले पनि समस्या शिक्षक तथा व्यवस्थापकमा रहेकोछ ।

अव के गर्नेः िवद्यालय मोनिटरिङको सोचमा परिवर्तन ल्याउने । शिक्षक आफै सहजकर्तामा रुपान्तरण हँुदै शिक्षण सिकाइमा परिवर्तन ल्याउने । अव शिक्षक जमिन्दार हैन हलि वन्ने हो । त्यस्तो व्यक्ति जसले विद्यार्थीको मनलाई बुझ्ने, उनीहरुको विवेकलाई सम्मान गर्ने, उनीहरुको अनुशासनको प्रशंसा गर्ने । यि सवै परिवर्तन गदै लैजाने । अर्थात शिक्षक अव कक्षामा हैन, मैदानमा विद्यार्थीहरुसंगै उत्रने, उनीहरुको हरेक समस्याहरुलाई आफ्नो वनाउने । आप्नो मान्छे आफ्ै हुन्छ । कक्षा कोठामा आवश्यक्ता अनुसारको संरचना तयार पार्ने । शिक्षकको हातमा लौरो हैन, शिक्षेण सामाग्रि भन्ने अभियान चलाउने ।

विद्यार्थीहरुको पठनपाठन विज्ञान बुझ्न, हिसाव सिक्न, गणित जान्न, नेपालीको अनुभुति गर्न सक्ने गरी मिलाउन आश्यक छ । विद्यार्थी आफै परियोजनामा सहभागी गर्नु गराउनु परिवर्तनको विश्वास तथा अनुभुति हो । विद्यालयले शिक्षा वुझेर विश्व वजारमा भाइचाराकोसम्वन्ध विस्तार गर्दै संस्कृति, सम्पदालगायतका विषयहरुमा आदानप्रदान गर्ने व्यवस्था मिलाउन सकेमा रुपान्तरणले ठुलो फड्को मारेको हुन्छ । अव समयमा सम्वन्ध स्थापित गर्न नसकेमा त्यसको प्रभाव पछि पढ्न जान्छ । त्यसैले पनि प्रमुख भुमिका भनेकै शिक्षक को हो । शिक्षक आफैमा जिज्ञासु तथा फरवार्ड लुकिङ हुन्छन । शिक्षक आफैमा विद्यार्थी हुन । शिक्षण सिकाइको स्वरुप परिवर्तन गर्ने सम्वाहक हुन ।

ओरल भनेकै प्रायोगात्मक हो । साथीहरुसंँग डिस्कस गर्ने, विद्यार्थीहरुलाई वनरसिप लिदै उनिहरुका उमेर समुह ख्याल गर्दै जानु पाठ्यावोधको उपलव्धी हो ।

अन्त्यमाः रचनात्मक र सृजनशिलताले सहकार्यमा जोड दिने हो । सहकार्यले स्पष्ट सञ्चारको अनुभुति दिलाउछ । अवका विद्यालयहरुले गर्नै पर्ने भनेकै सहजसरलिकरण हो । विश्व सुहाउँदो शिक्षा, पहिरण तथा कक्षा व्यवस्थापन लागायतका समाधनाहरुमा विद्यार्थीहरुको रचनात्मक क्षमताले विभिन्न विषय वस्तुलाई समालोचनात्मक तवरले केलाउन सक्ने गाराउन अधिक्तम सञ्चारहरुलाई प्रयोग गर्दै विश्व वजारमा सहकार्य गर्न सक्ने उत्पादन गर्न लक्ष्यका साथ तपाइ हामी अघि वढ्न आवश्यक छ । गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*