Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशमा कस्को पक्षमा कति मत ?

राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशमा कस्को पक्षमा कति मत ?

घोराही, २४ माघ
राष्ट्रियसभा निर्वाचनका लागि ५ नम्बर प्रदेशका स्थानीय तहका २ सय १८ र प्रदेशसभाका ८७ गरी कुल ३ सय ५ मतदाता रहेका छन् । एकल संक्रमणिय निर्वाचन पद्धति अनुरुप प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष÷उपाध्यक्षको १८ मतभार तोकिएको छ ।

जसअनुसार यस प्रदेशमा मतदाताको कुल मतमुल्य ८ हजार १ सय रहेको छ । ५ नम्बर प्रदेशमा एमालेको पक्षमा स्थानीय तहका ९०, काँग्रेसको पक्षमा स्थानीय तहका ६६, माओबादी केन्द्रको पक्षमा स्थानीय तहका ४१, संघिय समाजबादी फोरमको पक्षमा १०, राष्टिय जनमोर्चासंग ४ नयाँ शक्ति, फोरम लोकतान्त्रिक र स्वतन्त्र गरी ६ मतदाता रहेका छन्

यस्तै प्रदेशसभा तर्फ एमालेका ४१, नेपाली काँग्रेस १९, नेकपा माओबादी केन्द्र २० संघिय समाजबादी फोरम ५, राष्टिय जनमोर्चा १, राजपाका १ प्रदेशसभा सदस्य छन् ।

एकल संक्रमणिय निर्वाचन प्रणाली अनुसार स्थानीय तहका मतदाताको १८ र प्रदेशसभा सदस्यको ४८ गरी एमालेको पक्षमा जम्मा ३५ सय ८८, नेपाली काँग्रेसको पक्षमा २ हजार ३०, माओबादीको पक्षमा १६ सय ९८, संघिय समाजबादी फोरमको पक्षमा ४ सय २०, राजमोको पक्षमा १ सय २० र अन्यमा बाँकी मत रहेका छन् ।

निर्वाचन पद्धति अनुसार जित्नका लागि एउटा उम्मेदवारले २ हजार २५ मत ल्याउनु पर्नेछ । जसअनुसार मतपरिणाम आँकलन गर्दा बाम गठबन्धन गरेका दुई ठुला दल एमाले र माओबादीले १, १ र काँग्रेसले १ जनाले खुलातर्फ निर्वाचन जित्ने सम्भावना छ भने दलित र अपांगता अर्थात अल्पसंख्यकतर्फ बामपन्थी गठबन्धका उम्मेदवारले निर्वाचन जित्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*