Home / Feature Breaking news / समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिका सम्बन्धमा २२ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए ।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।

उनका अनुसार बैठकमा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा हुने भएको छ । समसामयिक राजनीतिका सम्बन्धमा सन्दर्भमा समेत छलफल हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*