Home / Feature Breaking news / तेक्वान्दो आईटिएफ प्रतियोगितामा रामेछापका भीम च्याम्पियन

तेक्वान्दो आईटिएफ प्रतियोगितामा रामेछापका भीम च्याम्पियन

दाङ, २३ जेठ ।

प्रथम रोल्पा खुला अनलाइन तेक्वान्दो आइटिएफ राष्ट्रव्यापी प्याट्रन च्याम्पियन प्रतियोगितामा रामेछापका भीमबहादुर तामाङ प्रथम भएका छन । रोल्पा जिल्ला आइटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रथम रोल्पा खुला अनलाईन तेक्वान्दो आईटिएफ राष्ट्रव्यापी प्याट्रन च्याम्पियनसिप प्रतियोगितामा प्रदेश नं.३ का तामाङ प्रथम भएका हुन ।

रोल्पा जिल्ला आईटिएफ तेक्वान्दो संघले पछिल्लो समयमा कोरोना भाईरसको बढ्दो प्रकोपसंगै खेलकुद गतिबिधिहरु रोकिएको बेला खेलाडीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ, तन्दुरुस्त तथा थप क्रियाशील बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको थियो ।

शनिवार सम्पनन अनलाईन प्रतियोगितामा नेपालका विभिन्न जिल्लाहरुबाट ६३ जना खेलाडीहरुले सहभागिता जनाएको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम प्रदेश नंं ३ अन्तर्गत रामेछाप जिल्ला निवासी भीमबहादुर तामाङ, दोस्रो गण्डकी प्रदेश बाग्लुङ जिल्लाका लभिस पुन र तेस्रो गण्डकी प्रदेश बाग्लुङ जिल्लाकै प्रबिन बुढामगर भएका थिए ।

उक्त प्रतियोगिताको निर्णायकमा महासंघका रेफ्री चेयरमेन प्रबिनकुमार कार्कीको नेतृत्वमा सात जना राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरुको सहभागिता रहेको थियो ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ र जिल्लासंघ संघको सहकार्यमा खेलाडीहरुले पठाएको भिडियोको मुल्यांकन गरि भिडियो कन्फेरेन्समार्फत बिजेता बनाइएको थियो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ८ हजार रुपैयासहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरी दोस्रो हुनेले नगद ६ हजार र र तेस्रो हुनेले नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गरेको संयोजक बाठामगरले जानकारी दिएका छन ।

प्रतियोगितामा पुरस्कार प्रायोजकका रुपमा रोल्पा परिबर्तन गाउँपालिका–२ राङ्सी निबासी क्रमश प्रथमतर्फ गणेश बाठामगर , दोस्रोतर्फ रोशन केसी र तेस्रो पुरस्कारको सुबास बिक रहेका थिए भने प्रमाणपत्र प्रायोजन हिमाल अफसेट प्रेस घोराही दाङका ईश्वर बस्नेत ले गरेका थिए ।

प्रतियोगिताको सफल्ताको लागि नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमला, महासंघकै भूतपूर्व अध्यक्ष कृष्ण बलाल, नेपाल नेस्नल मार्शल आर्ट्स गेम कन्फेडेरेसनका अध्यक्ष प्रविनकुमार कार्की, त्यसैगरी नेपाल आईटिएफ ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घमबहादुर थापामगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*