Home / Feature Breaking news / काेराेना संक्रमीत प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

काेराेना संक्रमीत प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

काठमाडौं । सुरक्षा निकायमध्येको एक प्रमुख संगठन नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुगेको छ ।

जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३३ मध्ये १४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*