बिरामी हुँदा न कसैले उपचारको हल लिएर आए
सास रोकिएपछी खै किन अमृतजल लिएर आए
एक मुठी खानै नपाएर प्राण गएको हो उसको
मानो बोकेर आफन्त हरु चामल लिएर आए
यो आगनमा नाचेर फर्कीसके पारी गाउँका नर्तकी
तर आफ्नै ठाउँका भने यतिखेर मादल लिएर आए
घर जल्यो रहर जल्यो रमिता हेरिरहे छिमेकिहरु
जलेर सबै खरानी भयो अनी दमकल लिएर आए
घटना घट्यो बिचरा लुटिनेको सर्बस्व लुटिए पछी
दोषी खोज्न घटनास्थल प्रहरी राइफल लिएर आए
मनोज मौसम के सी
जापान