Home / समाचार / जलजला सहकारीको साधारण सभा

जलजला सहकारीको साधारण सभा

दाङ, १७ जेठ ।
सहकारी संचालन गर्ने सदस्य असल नेत्रित्व  गर्ने हुनुपर्ने घोराहीमा आयोजित  कार्यक्रममा बोल्ने वत्ताहरुले वताएका छन ।

जलजला बचत तथा ऋण सहकारी तथा सहकारी संस्थाले  आयोजना गरेको एक दिने सहकारी नेत्रित्व विकास तालिममा बोल्ने बत्ताहरुले यस्तो वताएका हुन ।

सहकारीको संमृद्धिका लागि आफ्ना ईच्छा चाहाना त्यागेर हिड्ने मान्छे असल नेतृत्वकर्ता हुने बताउँदै त्यसका लागि सबैले सहयोग गर्ने बताएका थिए ।

त्यस अबसरमा बोल्दै जिल्ला सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माले जिल्लामा ६ सय २५ सहकारी संचालनमा रहेको भन्दै सहकारी निति र विद्यीमा रहेर संचालन गर्न सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष भोपलाल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अखिल नेपाल महिला संघका पुनम सेर्पाली, घोराही उप–महानगरपालिका वडा नं.१४ का सदस्य गुलाम रशुल, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले बोल्नु भएको थियो ।

जलजला बचत तथा ऋण सहकारी तथा सहकारी संस्थाका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निमा घतीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*