Home / Feature Breaking news / दाङका एक कोरोना संक्रमितको उपचारका क्रममा नेपालगंजमा मृत्यु

दाङका एक कोरोना संक्रमितको उपचारका क्रममा नेपालगंजमा मृत्यु

दाङ, १५ कार्तिक । बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिवार (आज) बिहान ५ बजे मृत्यु भएको हो ।

कार्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*