केही दिनदेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आइतबारदेखि सुधार हुँदै जाने भएको छ। सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरू भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।
हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहेको छ।
आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
RaptiSandesh RaptiSandesh