Home / Feature Breaking news / नारायणपुर महोत्सवमा पशुपति शर्मा, प्रमोद खरेल र रामजी खाँड

नारायणपुर महोत्सवमा पशुपति शर्मा, प्रमोद खरेल र रामजी खाँड

नारायणपुर, १७ माघ
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा चर्चीत कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल र रामजी खाँड आउने भएका छन् ।

नेपाली संगीत क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु महोत्सवमा प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । चर्चीच लोक तथा दोहोरी गायक पशुपति शर्मा, सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेल र लोक दोहोरी लोकप्रीय गायक पशुपति शर्माको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

महोत्सवमा विहीवार लोक तथा दोहोरी गायक पशुपति शर्मा सहित लोकदोहोरी गायीका भूमकिा गिरीको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । यस्तै शुक्रवार सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेलको प्रस्तुति रहने छ ।

शुक्रवार खरेलसँगै मोडल विनु खड्काको प्रस्तुति रहने छ । माघ २० गते शनिवार लोक तथा दोहोरी क्षेत्रका लोकप्रीय एवंं चर्चीत गायक रामजी खाँडको प्रस्तुति रहने छ । शनिवार रामजीसँगै गायीका तथा मोडल प्रीति आलेको प्रस्तुति रहने सांस्कृतिक संयोजक बस्नेतले जानकारी दिनुभयो ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा वुधवारसम्म हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा वुधवार हास्य कलाकार कमल गाँउले, लोकदोहोरी गायक चन्द्र शर्मा, लोकदोहोरी गायीका कल लम्साल, गायक एवं सञ्चारकर्मीहरु पिताम्वर रिजाल, खड्ग शर्म, गायक सरद समीप, टोपेन्द्र विष्ट, हास्य कलाकार राजु विक, वि फ्रिडम डान्स एकेडेमीको नृत्यष् प्रस्तुत गरिएको थियो ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*