Home / प्रदेश समाचार / जुम्लामा अस्पतालभित्र लाठीचार्ज, प्रहरीसहित दुई दर्जन घाइते

जुम्लामा अस्पतालभित्र लाठीचार्ज, प्रहरीसहित दुई दर्जन घाइते

जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार प्रहरीले लाठी चार्ज गर्दा १ प्रहरीसहित दुई दर्जन घाइते भएका छन्।

२० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई राजधानी ल्याउन भन्दै गएको प्रहरीले उनका समर्थकमाथि लाठी चार्ज गरेको हो। लाठीचार्जबाट बिरामीका कुरूवा पनि घाइते भएका छन्।

डाक्टर केसीलाई लिन गएको सरकारी टोलीलाई रोक्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरू चेन गेट लगाएर भर्‍याङभरि बसेका थिए।

अनसन बसिरहेका केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट फर्किएसँगै प्रहरी लाठी चार्ज गरेर अस्पताल परिसरभित्र प्रवेश गरेको थियो।

अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेर भित्र प्रवेश गरेपछि डाक्टर केसीलाई उठाउन नदिन विद्यार्थीहरू चेन गेटमा साँचो लगाएर बसेका थिए।

प्रहरीको लाठी चार्जबाट अस्पतालका उपकरणहरूमा पनि क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*