Home / Feature Breaking news / बंगलाचुलीका तरुण दलका नेता बस्नेत नेपाली कांग्रेसमा फर्किए, गठबन्धन जिताउने अभियानमा लाग्ने प्रतिवद्धता

बंगलाचुलीका तरुण दलका नेता बस्नेत नेपाली कांग्रेसमा फर्किए, गठबन्धन जिताउने अभियानमा लाग्ने प्रतिवद्धता

घोराही, २५ कार्तिक

बंगलाचुली गाँउपालिकाका नेपाली कांग्रेसका नेता माधव बस्नेत पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी समेत रहेका बस्नेत नेपाली कांग्रेसमा पुनः फिर्ता भएका छन् ।

बंगलाचुली गाँउपालिका वडा नम्बर २ निवासी बस्नेत केही दिन अगाडी एमालेका प्रवेश गरेका थिए । उनी शुक्रवार एक भिडियो सार्वजनिक गर्दै आँफू पुनः नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी गराएका छन् ।

उनी तरुण दल बंगलाचुली गाँउपालिकाका कार्यवाहक अध्यक्ष समेत भएर काम गरेका बस्नेत आफू नेपाली कांग्रेसको ईमान्दार कार्यकर्ता भएको भन्दै आगामी दिनमा नेपाली कांग्रेसको पक्षमा र गठबन्धनको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*