Home / Feature Breaking news / बंगलाचुलीमा गठबन्धनप्रतिको आकर्षण ह्वात्तै बढ्यो, एमालेमा प्रवेश गरेकाहरु गठबन्धनमा फर्कदै

बंगलाचुलीमा गठबन्धनप्रतिको आकर्षण ह्वात्तै बढ्यो, एमालेमा प्रवेश गरेकाहरु गठबन्धनमा फर्कदै

घोराही, २५ कार्तिक

मंसीर ४ गतेको निर्वाचन नजिकिदै गर्दा उमेद्वार एवं राजनितिक दलहरु आफ्नो पक्षमा मत पार्नकालागी घरदैलो एवं सभामा व्यस्त छन् । उनीहरुले आफ्नो क्षेत्रमा रहेका मतदाताहरुलाई आफ्नो पक्षमा पार्नकालागी घरदैलो र सभा गरिरहेका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा निकै रोचक बनेको छ । यस क्षेत्रमा घोराही उपमहानगरपालिकाको १५ वटा, तुलसीपुर उपमहानगरपालिकाको ४ वटा र बंगलाचुली गाँउपालिका रहेका छन् । यस क्षेत्रको निर्णायक मतदाताहरु बंगलाचुलीमा रहेको चर्चा रहेको छ ।

यस गाँउपालिकाको मत आफ्नो पक्षमा पार्नकालागी एमाले र गठबन्धनको आफ्नो क्षेत्रबाट कसरत गरेको देखिन्छ । बंगलाचुली गाँउपालिकाका मतदाताहरु गठबन्धनको कार्यक्रममा बाक्लो सहभागीता रहने गरेका छन् । चुनावी सभा र घरदैलोमा बंगलाचुलीमा गठबन्धनको पक्षमा बाक्लो रुपमा उत्साहजनक सहभागीता रहने गरेको प्रदेश निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

‘हुन त सबै ठाँउमा गठबन्धन प्रतिको आकर्षण बढ्दो मात्रामा रहेको छ । अझ बंगलाचुलीमा त धेरै नै आकर्षण देखीएको छ’ उहाँले भन्नुभयो– ‘यसले के संकेत गर्छ भने यसपटकको निर्वाचनमा गठबन्धनप्रतिको आकर्षण व्यापक रुपमा देखीएको छ ।’

उहाँले मंसीर ४ गते हुने निर्वाचन गठबन्धनको पक्षमा रहेको र जीत निश्चीत भएको पनि बताउनुभयो । बंगालचुली गाँउपालिकामा स्थानीय तहको निर्वाचनमा गठबन्धनले क्लीन स्वीप पारेको थियो ।

तरुण नेता बस्नेत कांग्रेसमा फिर्ता

बंगलाचुली गाँउपालिकाका नेपाली कांग्रेसका नेता माधव बस्नेत पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी समेत रहेका बस्नेत नेपाली कांग्रेसमा पुनः फिर्ता भएका छन् ।

बंगलाचुली गाँउपालिका वडा नम्बर २ निवासी बस्नेत केही दिन अगाडी एमालेका प्रवेश गरेका थिए । उनी शुक्रवार एक भिडियो सार्वजनिक गर्दै आँफू पुनः नेपाली कांग्रेसमा फिर्ता भएको जानकारी गराएका छन् ।

उनी तरुण दल बंगलाचुली गाँउपालिकाका कार्यवाहक अध्यक्ष समेत भएर काम गरेका बस्नेत आफू नेपाली कांग्रेसको ईमान्दार कार्यकर्ता भएको भन्दै आगामी दिनमा नेपाली कांग्रेसको पक्षमा र गठबन्धनको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*