Home / Feature Breaking news / सुशीला चौधरीको सांसद विकास कोषबाट सुनपुरमा कृतिम ताल

सुशीला चौधरीको सांसद विकास कोषबाट सुनपुरमा कृतिम ताल

लिलाधर वली

घोराही, ११ कार्तिक 

करिव साढे ३२ लाख रुपैयाँको लागतमा कृत्रिम ताल निर्माण गरिएको छ । सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीय जमिनमा सिंचाईको सुविधा पु¥याउने उद्देश्यले निर्वाचन पूर्वाधार विशेष कार्यक्रमलगायतको सहयोगमा घोराही उपमहानगरपालिका–४ सुनपुरमा रहेको सुनपुर सामुदायिक वनमा कृत्रिम ताल निर्माण गरिएको हो ।

  निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गत सांसद सुशीला चौधरीको सांसद विकासको २५ लाख, सिमसार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय दाङबाट दुई लाख र स्थानीयबासीहरुको करिव साढे पाँच लाख रुपैयाँ गरि करिब साढे ३२ लाख रुपैयाँको लागतमा छरछरे दह निर्माण गरिएको छरछरे दह उपभोक्ता समितिका अध्यक्ष भोला अधिकारीले जानकारी दिए  ।

        सिमसार क्षेत्रको संरक्षणका माध्यमबाट जलवायु परितर्वनका असरहरु न्यूनिकरण, वन क्षेत्रमा चिस्यान संरक्षण, जंगली जीवजन्तु तथा खानेपानीका मुहानहरु संरक्षण, ताल वरपरका गाउँमा सिचाईको व्यवस्थासँगै उक्त क्षेत्रलाई पर्यटकीय स्पोर्टका रुपमा विकास गर्ने योजनाका साथ सामुदायिक वन क्षेत्रमा कृत्रिम ताल (पोखरी) निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउँछन् ।

उक्त जलाशय एक सय ५० मिटर लम्बाई, सय मिटर चौडाइ र पाँच मिटर गहिराई रहेको छ । पहिले चरणको पोखरी निर्माणको काम सकिएको र अझै पोखरी विस्तारसँगै बाँध निर्माणका कार्यहरु गर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

   केही वर्ष पहिलेसम्म प्राकृतिक रुपमा बनेको सानो पोखरी रहेपनि पछिल्लो वन जंगलवाट आउने पातपतिङ्गसँगै माटोले पुरिदै गएको थियो । ताल परिएपछि  उक्त क्षेत्रमा पानीका मुहानहरु सुक्दै जान थालेपछि स्थानीयबासीहरुको पहलमा ताल संरक्षणसँगै कृत्रिम तालबाट जमिनमा सिंचाईको व्यवस्था पु¥याउने उद्देश्यले गत असारमा कृत्रिम पोखरी खन्नेदेखि पानी संरक्षणका लागि सांसद विकास कोषको रकममार्फत पोखरी खन्नेदेखि पानी संरक्षणका लागि पक्की बाँध निर्माण गरिएको  स्थानीयबासी तथा नेपाली काँग्रेस साविक क्षेत्र नम्वर २ का सभापति गिरिराज सुवेदी बताउँछन् । यसले स्थानीय– बासीहरुलाई सिंचाईका माध्यमबाट आर्थिक आम्दानीसँगै तालमा माछापालन स्थानीयबासीहरुले आम्दानी लिनसक्ने भएको सुवेदी बताउँछन् ।

   वनमा  कृत्रिम पोखरी निर्माणसँगै पोखरीमा पानी जम्मा भएको र उक्त पानीका कारण ताल वरपरको वातावरण हरियालीसँगै वन्यजन्तु चहलपहल बढ्न थालेको छरछरे दह उपभोक्ता समितिका उपाध्यक्ष शालिकराम रिजालले बताए ।

ताल निर्माणसँगै तालमा पानी जम्मा भएपछि  भदौ महिनामै  सुक्ने खोलाहरुमा पानी बग्न थालेको उपाध्यक्ष रिजालले बताए । त्यससँगै पोखरी निर्माणको मुख्य योजना घोराही उपमहानगरपालिका–४ अन्तर्गत रहेका बिपीमार्ग टोल, तल्लो भकारे, सत्तरीलगायतका गाउँहरुमा सिंचाईको व्यवस्था पु¥याउने भएपनि रकमको अभावका कारण सिंचाईको व्यवस्था अझै पु¥याउन सकिएको छैन ।

   सिंचाईको व्यवस्था भए त्यहाँको करिव १५ देखि २० विगाह जमिनमा सिंचाईको सुविधा पुग्ने स्थानीयबासीहरु बताउँछन् । योसँगै तालमा डुङगा राख्ने, पिकनिकका खानका लागि खानेपानी, प्रतिक्षालय, शौचालयलगायतका पूर्वाधारहरु निर्माण गरेर छरछरे दहलाई पर्यटकीय स्पोर्टका रुपमा विकास गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष अधिकारी बताउँछन् । त्यसका लागि करिव दश लाख रुपैयाँभन्दा बढि रकम आवश्यक पर्ने समितिको अनुमान गरेको छ । हाल उक्त पोखरीमा समितिले माछापालन गर्न शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*