Home / Feature Breaking news / दाङ महिला जेसीजद्वारा खाद्यान्न सहयोग

दाङ महिला जेसीजद्वारा खाद्यान्न सहयोग

दाङ, २० असोज

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन मंगलवार फरक क्षमता भएका व्यक्तीहरुलाई सहयोग गरेको छ । आईतवारदेखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलवार नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्र झिगौरामा रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई दाङ महिला जेसिजले खाद्यान्य सहयोग गरेको छ ।

जेसीजले केन्द्रलाई एक क्वीन्टल २५ किलो चामल, १० किलो दाल, एक कार्टुन तेल, १० किलो नुन, १० केलो चिनी, एक दर्जन साबुन, पाँच किलो आलु, एक प्याकेट सर्जीकल मास्क, चियापत्ती, भुजा लगायतका सामाग्रीहरु प्रदान गरेको कार्यक्रम संयोजक अर्चना शर्माले जानकारी दिनुभयो ।

दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एव घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगीको प्रमुख आतिथ्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने र नेपाल अपांग खगेन्द्र नवजिवन केन्द्रका अध्यक्ष सरद अधिकारीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अपांगता रहेका व्यक्तीहरुको समस्याका बारेमा सरकार एवं अन्य संघसंस्थाहरु गम्भीर नरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगीले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनकालागी जेसीजले महत्वपूर्ण भुमीका खेलेको बताउनुभयो । युवाहरु नै समाज रुपान्तरणको संवाहक भएकाले जेसीजले सामाजिक कार्यहरुसँगै समाज रुपान्तरणमा खेलेको भूमीका पंशसायोग्य भएको उहाँको भनाई थियो ।

कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयोजक अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तालिम निर्देशक जुनु मगरले आस्था पाठ गराउनुभएको थियो । सप्ताहव्यापी कार्यक्रमबारे मूल संयोजक नारायणी भण्डारीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष सिन्धु रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव संगिता गिरीले गर्नुभएको थियो ।

सप्ताह अन्तरगत २१ गते वुधवार घरेलु तथा तरकारी विक्री केन्द्र अमृत टोल घोराहीमा सामाजिक मनोपरामर्श तथा मास्क वितरण, २२ गते विहीवार सन्देशमूलक साहित्यीक रचना वाचन, २३ गते शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्ब्र १७ मा सपीङ ब्याग बनाउने सीपमूलक तालिम र २५ गते शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने तह परिसरमा समापन कार्यक्रम दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*