Home / Feature Breaking news / सामाजिक अभियान्ता योगी राष्ट्रिय नारी सम्मान–२०७९ बाट सम्मानित

सामाजिक अभियान्ता योगी राष्ट्रिय नारी सम्मान–२०७९ बाट सम्मानित

घोराही, २७ फागुन

सामाविक अभियान्ता बिमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको हो ।

वि.स. २०४६ देखी महिला, बालबालिका र युवाहरुको व्यक्तीत्व विकास र नेतृत्व विकासकालागी क्रियाशील योगीलाई प्रतिष्ठानले नेपालको मेरुदण्डको रुपमा रहेको आर्थिक क्षेत्र र त्यसलाई विधिसंगत रुपले व्यवस्थापन गर्ने एवं नागरिकको बचत गर्ने बानीको विकास र प्रवद्र्धन गर्ने कार्यमा सक्रीय रही आर्थिक विकासको क्षेत्रमा सक्रियतापूर्वक लागेर सेवाभाव र निरन्तरताको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो ।

सामाजिक कार्यत्रमा अत्यन्तै निष्ठा र समर्पणकासाथ विभिन्न क्षेत्रमा आफूलाई निष्ठापूर्वक नेपाली समाजमा समर्पित गराउदै आउनुभएको भन्दै उहाँलाई सम्मान रिएको हो ।

२०३५ साल वैशाख २२ गते वुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जन्मनुभएका योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक ह्ुनुहुन्छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका योगी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत हुनुहुन्छ । योगीको पहलमा हाल ६ सय बढि विपन्न, द्धन्दपिडित बालबालिकाहरुलाई निशुल्क शिक्षा लिईरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरुमा लक्षीत गरि व्यक्तीगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्नुभएको छ । उहाँकै पहलमा घोराहीमा हिंसापिडीत पुनस्र्थापना कैन्द्र, कृषकहरुकालागी हरियो बजार सञ्चालनमा रहेका छन् ।

समाज शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभका योगी घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसीजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्त सञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर कार्यअनुभव गरिसक्नुभएको छ ।

योगीलाई यसअघी दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमामा पु¥याएको महत्वपुर्ण सहयोग वापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्था ले घोराही क्षेत्रमा शुद्ध खानेपानी पु¥याए वापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुर्नस्थापना गर्न पु¥याएको योगदान वापत सम्मान गरेको थियो ।

योगीले अस्टे«लिया, जापान, ईन्डोनेशिसा, भारत, बंगलादेश, फ्रान्स, फिलीपिन्स, मलेशिया, स्विजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*