Home / Feature Breaking news / दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै (फोटोमा हेर्नुहोस )

दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै (फोटोमा हेर्नुहोस )

दाङ,७ कार्तिक । दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै गएको छ । तिहार पर्वसँगै अन्य शुभ कार्यका लागि जिल्लामा पूmलको माग बढ्न थालेपछि जिल्लामा सयपत्रीको व्यवसायीक खेती गर्नेहरु बढ्दै गएका छन । अहिले घोराही उपमहानगरपालिका–१३ को डुम्मर गाउँ, घोराही उपमहानगरपालिका–१४ लोहासपुर, तुलसीपुर उपमहानगरपालिका–१२ को पूmलबारीमा सयपत्रीको व्यवसायीक खेती हुदै आएको छ ।

13

भारतसँगै बाहिरी जिल्लाबाट आउने पूmललाई विस्थापित गर्दै जिल्लामा पुष्प खेतीको विकास गर्ने उद्देश्यले गतबर्षदेखि सयपत्रीको व्यवसायीक खेती गर्न थालेको घोराही उपमहानगरपालिका–१३ डुम्वर गाउँमा पूmल खेती गर्दै आएकी इन्द्रा बुढामगरले बताइन । जिल्लामा अन्य समयमा समेत पूmलको आवश्यकता पर्ने गरेपछि आफुहरुले तिहार पर्वलाई लक्षित गरेर खेती गर्दै आएको समेत उनले बताएकी छिन । उनका अनुसार यो बर्षले करिव डेढ विगाह जमिनमा पुष्प खेती गरेकी छिन ।

best

केही बर्ष अघिसम्म बाहिरी जिल्लाको फूलमा निर्भर रहेको दाङ पछिल्लो समय आत्मनिर्भर हुन थालेको छ । अहिले घोराही, तुलसीपुरसँगै देउखुरी क्षेत्रमा समेत पूmलको व्यवसायीक खेती हुदै आएको छ । यसले बाहिरबाट आयातित सयपत्रीसँगै प्लाष्टिकका मालाहरुलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ ।

ful

indra

pool

13

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*