Home / Feature Breaking news / बैक व्याजको विरोधमा प्रदेशभरका उवासंघद्वारा घोराहीमा प्रदर्शन
smart

बैक व्याजको विरोधमा प्रदेशभरका उवासंघद्वारा घोराहीमा प्रदर्शन

दाङ, १३ पुस ।
राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा प्रदेशभर वाट दाङमा आएका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले घोराहीमा प्रदर्शन गरेका हुन । घोराही सभा गृह वाट सुरु भएको विरोध र्‍याली वालमन्दिर चोक, दामोदर चोक, बैक रोड, निमहल रोड, मेनरोड, शहिद गेट रोड हुदै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो । प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्र बैक, नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र वुझाइएको हो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापालाइ ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको निर्देशनमा तथा वित्तिय संस्थाहरुले यही कार्तिक १ गते देखि लागु हुने गरि जारी गरेको चालु पँुजी कर्जा मार्गदर्शन २०७९ प्रति लुम्विनी प्रदेश भित्र रहेका सबै उद्योग वाणिज्य संघहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट तरलता पर्यापत हुदा चाहिने भन्दा बढी ऋण लिन प्रोत्साहन गरेको तर अहिले आएर विश्व आर्थिक मन्दि भएको अवस्थामा र केही विदेशी राष्ट्रहरुमा देखा परेको आर्थिक संकटको कारण देखाइ एक्कासी नेपाल राष्ट्र बैंकद्धारा कडाइका साथ जारी चालु पँजी कर्जा २०७९ जारी हुनबाट उद्योगी व्यवसायहिरु अत्तालिन पर्ने अवस्था देखा पर्याको उल्ल्लेख गरिएको छ । सो नियम अन्तर्गत ओभरड्राप्ट कर्जालाइ मान्यता नदिएको , आर्थिक मन्दिको यस समयमा विक्रिकिो २०/२५प्रतिशत मात्र ऋण लगानी गर्ने नियम तथा बैकहरुबाट जथाभावी बढाइएको प्रिमियम /बेस रेट भन्दा ५/६ प्रतिशत सम्म प्रिमियम बढाइएको कारण व्याजदरमा एक्कासी बृद्धि भै ६/७ महिना पहिले एकल अंकमा सम्झौता भएको ब्याज १५/१६ प्रतिशत सम्म पुगन गएकोले वर्तमान आर्थिक मन्दिको यस अवस्थामा चालु पँुजी कर्जाको यस नियम २०७९ खारेज गरी आर्थिक मन्दि सहज नहुँदा सम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता गरि दिन समेत माग गरिएको छ । ज्ञापन पत्र वुझदै सहायक प्रमुख जिल्ला अधिकारी थापाले उद्योग वाणिज्य संघले वुझाएको ज्ञापन पत्र सम्वन्धीत निकायमा पठाइ दिने बताइन । ‘हामीले हाम्रो तर्फ वाट हुने सहयोग गर्दछौ’ उनले भनिन् । विहाने ढुवानीका गाडीहरुले विरोध र्‍याली निकाल्ने भएका थिए । र्‍याली बहुदेश्य सभा गृह वाट सुरु भएर वजार परिक्रममा गरेर सभाहलमा पुगेर समापन गरिएको थियो ।
प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरुको भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । पुस १५ गते देखि आन्दोलनका कार्य सुरु हुन भएको छ । हस्ताक्षेर, विरोध प्रदर्शन, घेराउ, देखि केन्द्रमा गएर राष्ट्र बैक घेरा गर्ने लगाएतका कार्यक्रम गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*