Home / Feature Breaking news / लमही–तुलसीपुर सडक, बर्षासँगै कष्टकरको यात्रा

लमही–तुलसीपुर सडक, बर्षासँगै कष्टकरको यात्रा

 

लिलाधर वली

दाङ,१२ असार । दाङको लमही–घोराही–तुलसीपुर खण्डमा ४६ किलोमिटर सडक छ । लमही–तुलसीपुर खण्डको बबई नदिदेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरि १० वटा खोलाहरु छन । बबई, कटुवा, गुर्जे, पत्रे, संक्रम र ग्वारखोलामा पुल निर्माणको काम भईरहेको छ भने सिस्ने,सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने नागरिममा बाध्यता छ ।

hahhahha

अधिकांस खोला तथा नदिहरुमा पुल निर्माणको काम भईरहेपनि काम भने सन्तोषजक छैन । पुल निर्माण कतिपय खोलाहरुमा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था लथालिंग नै छ । पुल निर्माणको सम्झौता भएको बषौवितिसक्दा समेत अहिलेसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैनन् भने जनताहरुले सास्ती बेहोर्नु परेको छ । पुल निर्माण भईरहेका खोलामा भरपर्दो डाइभर्सन नहुदा बर्षातको समयमा यातायात सञ्चालनमा समेत समस्या छ । खोलाहरुमा भरपर्दाे डाइभर्सन नहुदा खोलामा खाल्डाखुल्डी हुने र सवारी साधान चलाउदा त्यतिकै समस्या छ ।

patre khola

खोलाहरुमा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपयुक्त डाईभर्सन नहुदा खोलामा सवारीसाधन चलाउदा समस्या हुने गरेको चालकहरुले बताउने गरेका छन । बर्षातको समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडक खण्डका खोलाहरुमा सवारीसाधान चलाउन समस्या हुने गरेको गाडी चालक पोषण नेपालीले बताए। ‘पुल निर्माणको काम गर्दा अधिकांस सडकहरुमा पक्की सडक भत्काईएको छ,जसले गर्दा उक्त स्थानमा खाडलहरु पर्ने गरेको हुन्छन’,चालक नेपालीले भने,‘त्यस्तो अवस्थामा पानी परेको अवस्थामा जोखिम हुने गरेको छ ।’ उनका अनुसार पुल निर्माण भईरहेका कुनै पनि खोलाहरुमा सवारी साधनहरुको आवातजावतको लागि उपयुक्त डाईभर्सन छैन ।

उनका अनुसार घोराही तुलसीपुर सडक खण्डको खुर्जे र संक्रमखोलासगै घोराही लमही सडक खण्डको कटुवाखोला र बबई नदिमा जोखिम हुने गरेको छ । तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्वन्धी ठेकेदारहरुले ध्यान दिने गरेका छैनन् । कतिपय खोलाका पुलहरुको निर्माणको पटक पटक म्याद थप भएपनि पुलहरु निर्धारित समयमा निर्माण हुन सकिरहेका छैनन । यसतर्फ सडक डिभिजन कार्यालयले समेत ध्यान दिन नसकेको नागरिकहरुको गुनासो छ । बषौबर्षसम्म पनि पुल निर्माणको काम नगरि सर्वसाधारण जनताहरुलाई दु.ख दिने निर्माण व्यवसायीहरुलाई राज्यले कारवार्ही गर्नुपर्ने नागरिकको दवाफ छ ।

घोराही–लमही सडक खण्डको कटुवाखोला र घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलाको पुल निर्माणमा लापरवार्ही भएको छ । पटक पटक पुल निर्माणको म्याद थपेपनि अहिलेसम्म पुल निर्माणको कार्य सम्पन्न हुन सकिरहेका छैनन,तर राज्य भने पुल निर्माणमा ढिलाई गर्ने र जनतालाई दु.ख दिने ठेकेदारलाई कारवार्ही गर्न भने सकेको छैन । घोराही–लमही सडक खण्डको बबई नदि पुल र घोराही तुलसीपुर सडक खण्डको गुहारखोला,संक्रमखोला र गुर्जे खोलाको पुल निर्माणको अवस्था सन्तोषजनक रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

पुल नयाँ डिजाईनमा निर्माण गर्नुपर्ने भएकाले पुल निर्माणमा केही ढिलाई भएको सडक डिभिजन कार्यालय दाङका इन्जीनियर शेखर योगीले बताए । ‘घोराही–तुलसीपुर सडक खण्ड या लमही–घोराही सडक खण्डमा बन्ने सम्पुर्ण पुलहरु नयाँ डिजाईनमा निर्माण भईरहेका छन’,इन्जिनियर योगीले भने,‘ पुल निर्माणको सम्झौता कम समयको हुने र पुल नयाँ डिजाइनमा निर्माण गर्नुपर्दा केही ढिलाई भएको छ ।’ उनका अनुसार कतिपय स्थानमा सरकारले निर्माण पक्षलाई समयमै बजेट नदिदा पनि काम गर्न ठेकेदारहरुलाई समस्या पर्ने र काममा ढिलाई हुने गरेको छ ।

काम समयमा नहुदा उक्त सडक भएर हिड्ने सर्वसाधारण नागरिकसँगै सवारीसाधानहरुलई समस्या पर्ने गरेको छ ।

घोराही–लमही तथा घोराही–तुलसीपुर सडक खण्डका १० खोलाहरु मध्य ५ वटा पुलहरु सडक डिभिजन कार्यालय र एउटा पुल पुल महाशाखा अन्तर्गत निर्माणको काम भईरहेको छ । पुल निर्माणको अवस्थामा ढिलाई भएका कारण अधिकांस पुलहरुको निर्धारित समय वितिसक्दा समेत पुल निर्माणको कार्य पुरा हुन सकेको छैनन् । सडक डिभिजन कार्यालयका पटक पटक म्याद थप्दा समेत काम पुरा हुन सकेको छैन ।

डिभिजन सडक कार्यालय दाङका अनुसार घोराहीको कटुवा खोला पुल २०७१ भदौ ११ गते सम्झौता भएको थियो । २०७४ साल असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरि शंकरमाली निर्माण कम्पनीसँग सम्झौता भएको थियो तर निर्माण पक्षले पुल निर्माणमा विभिन्न प्राविधिक समस्या देखाउदै अहिलेसम्म पुल निर्माणको काम पुरा गर्न सकिरहेको छैन । तर निर्माण पक्षले भने पुल निर्माणको ९० प्रतिशत काम पुरा गरेपनि काम गरेबाफतको रकम राज्यले उपलव्ध नगराएको बताउदै आएको छ ।

२०७५ साल साउन १६ गतेसम्म बबई नदिमा पुल निर्माण गरिसक्ने गरि २०७२ माघ १७ गते अनक ÷बज्रगुरु जेभी निर्माण प्रालिसँग सम्झौता भएको थियो । तर बबई नदिमा शुरुमा पुल निर्माणको क्रममा सन्तोष जनक रहेपनि अन्तीम अवस्थामा पुल निर्माण ढिलाई हुदा पुल निर्धारित समयमा सम्पन्न नहुने भएको छ । पुल निर्माण सम्पन्न हुने केही दिन मात्र बाँकी रहदा पुलको पुरा ढलाई अझै हुन सकेको छैन । पुल निर्माणमा ढिलाई हुनुको कारण पुल नयाँ प्रविधिमा निर्माण हुन थालेको व्यवसायीहरलाई पुल निर्माणका लागि आवश्यक सामाग्रीहरु इडीयावाट ल्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको इन्जीनियर योगीको भनाइ छ ।

त्यस्तै घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलामा पनि पुल निर्माणमा ढिलाई भएको । शंकरमाली निर्माण कम्पनीसँग २०७४ भदौ ९ गतेसम्म पुल निर्माणको काम सम्पन्न गरि सक्ने गरि २०७१ भदौ ११ गतेसम्झौता भएको थियो । सम्झौता भएको चार बर्ष भईसक्दा समेत पत्रेखोलामा पुल निर्माणको अवस्था पनि सन्तोष जनक छैन । म्याद थपकै अवस्था भएपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।gurje

२०७५ साल बैशाख १६ गते पुल निर्माण गरिसक्ने गरि घोराही–तुलसीपुर सडक खण्डको गुर्जे खोलामा बज्रगुरु कन्ट्रसन निर्माण प्रालिसँग पुल निर्माणको लागि २०७२ माघ १० गते सम्झौता भएको थियो । निर्धारित समय सकिएपनि पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन । अहिले उक्त पुलको म्याद थपको अवस्थामा रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ । सक्राम खोलामा पनि २०७५ साल बैशाख ४ गतेभित्र पुल निर्माण गरिसक्ने गरि रौतहा कन्ट्रक्सन प्रालिसँग २०७२ माघ ५ गते निर्माण पक्ष र डिभिजन सडक कार्यालयका विचमा सम्झौता भएको थियो । तर पुल निर्माणको निर्धारित समय सकिसक्दा समेत संक्रम खोलामा अझै पुल बन्न सकेको छैन । पुल निर्माणमा ढेकेदारको लापरवार्हीका कारण निर्धारित समयमा पुल निर्माण हुन नसकेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घोराही–तुलसीपुर सडक खण्डकै ग्वार खोलामा पनि पुल निर्माण हुन थालेको छ । पुल महाशाखा अन्तर्गत निर्माण हुन थालेको पुलको अवस्था सन्तोष जनक रहेको छ । पुल निर्माणको काम कालिक कन्ट्रक्सनले गरिरहेको छ ।

पुल निर्माणको करिव २२ महिनादेखि ३० महिनासम्मको अवधि रहेपनि निर्माण कम्पनीको लापरवाहीका कारण अधिकांस खोलाहरुमा निर्धारित समयमा पुल निर्माण हुन नसकेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ । सडक तथा पुल निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई सरकार कारवार्ही गर्ने बताउदै आएपनि दाङका कुनै पनि निर्माण कम्पनीहरुले अहिलेसम्म कारवाहीमा परेका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माणमा भएको ढिला सस्ती हट्ने जनताहरुमा अपेक्षा रहेपनि विकास निर्माणमा भएको ढिला सुस्ती हट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*