Home / समाचार / ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन
smart

ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन

नारायणपुर, ११ पुस

ईलाका प्रहरी कार्यालय नारायणपुरको भवन निर्माणकालागी नारायणपुरमा भवन निर्माण समिति गठन गरिएको छ । नारायणपुर विकास सरोकार समितिको भेलाले ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन गरेको हो ।

सरोकार समितिका अध्यष अभियान बस्नेतको अध्यक्षता, घोराही उपमहानगरपालिकाका उपपमुख हुमा डिसीको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वलीको विशिष्ठ आतिथ्यमा भएको भेलाले ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा महेन्द्रकुमार दाहाल, कोषाध्यक्षमा सुशीला शर्मा, सदस्यहरुमा कुलप्रसाद रजौरे (श्रवण), छविकुमारी बस्नेत एम.सी, तिलक महरा र गेहेन्द्र बस्नेत रहनुभएको छ ।

भवन निर्माणकालागी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी र घोराही उपमहानगरपालिका ८, ९, १०, ११, १२ का वडा अध्यक्षहरु र जिल्ला प्रहरी कार्यालय सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

कार्यक्रमको सहजिकरण नारायणपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष महेन्द्रकुमार दाहालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*