Home / Feature Breaking news / स्कूल अफ डेमोक्रेसी दाङको पदस्थापन

स्कूल अफ डेमोक्रेसी दाङको पदस्थापन

दाङ, ९ असोज

स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङको पदस्थापन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गगरि स्कूल अफ डेमोक्रेसी दाङका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काले पदाधिकारी एवं सदस्यहरुलाई टीका र खादा लगाएर पदस्थापन गराउनुभएको थियो ।

3

स्कूल अफ डेमोक्रेसी दाङका संयोजकमा विमला योगी, सह–संयोजकमा सुष्मा गिरी लामीछाने, सचिवमा लीला शाह, कोषाध्यक्षमा गोमा रावत रहनुभएको छ भने सम्मानीत सदस्यहरुमा लोका विक, पीमा खड्का, धनपति यादव, कृष्णा राना रहनुभएको छ । यस्तै सदस्यहरुमा सकुन्तला डिसी, टिका घर्ती, मञ्जु बर्जाचार्य, धुव्र केसी, टंकसिंह बुढाथोकी, सुबोध डाँगी, गंगा चौधरी, डण्डीराम विक, पद्मा चौधरी, कल्पना न्यौपाने, इन्द्र चौधरी, श्याम रायमाझी, चेतकान्त योगी, सुर्यप्रसाद शर्मा, कृष्ण खड्का, खेमराज बि.क रहनुभएको छ । जसको विषयविज्ञको रुपमा नहकुल केसी रहनुभएको छ ।

4

लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यलका साथ स्कूल अफ डेमोक्रेसी समिति गठन गरिएको संयोजक विमला योगीले जानकारी दिनुभयो ।

संविधान दिवशको अवसरमा पदस्थापन कार्यक्रमसँगै विपीको प्राजातान्त्रिक समाजवाद र मौलिक हक विषयक अन्तरक्रिया पनि भएको थियो ।

6

स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङका संयोजक बिमला योगीको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले विपीको प्राजातान्त्रिक समाजवाद र मौलिक हक विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

5

समितिका सह–संयोजक सुष्मा गिरि लामीछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लिला शाहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*