Home / समाचार / दाङमा ३ जुवाडे पक्राउ

दाङमा ३ जुवाडे पक्राउ

घोराही, १६ भदौ
दाङमा प्रहरीले ३ जना जुवाडेहरुलाई ३ जनालाई पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ भरतपुरमा दुर्गा श्रेष्ठको घरमा अवैध जुवा तास भईरहेको भन्ने सुचनाको आधारमा विहीवार बेलुकी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दुर्गा श्रेष्ठ, जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं.४ बस्ने बर्ष ३० का जगत चौधरी र सल्यान शारदा नगरपालिका वडा नं.१४ बस्ने बर्ष २८ को राज कुमार गिरीलाई नगद.५ हजार ८ सय ९० रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धान भईरहेको सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*