Home / Feature Breaking news / सस्कारसहितको गुणस्तरिय शिक्षामा जोड

सस्कारसहितको गुणस्तरिय शिक्षामा जोड

दाङ,४ फागुन । निजी विद्यालयहरुले बालबालिकालाई सस्कारसहितको गुणस्तरिय शिक्षा प्रदान गर्न जोड दिनुुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाइलाइट इंग्लिस बोर्डिङ स्कुलको २१ औं बार्षिक उत्सवका अवसरमा आइतवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले बालबालिकाको आचारण, व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने गरि शिक्षा र सस्कार दिन आवश्यक रहेको बताएका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गुणस्तरिय शिक्षाका लागि विद्यालयसँगै अभिभावकले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि डाँगीले बालबालिकालाई सस्कारसहितको असल शिक्षा प्रदान गर्नुपर्ने बताएका थिए । अभिभावकहरुले ठुलो अपेक्षाका साथ बालबालिकाहरु निजी विद्यालय पठाउने गरेको भन्दै उनले अभिभावकको चाहना पुरा गर्नका लागि विद्यालयले गुणस्तरिय शिक्षासँगै सस्कार युक्त शिक्षा प्रदान गर्नुपर्ने बताएका थिए । त्यसका लागि विद्यालयसँगै अभिभावकहरुले समेत ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकाको पहिलो पाठशाला घरपरिवार भएको भन्दै उनीहरुले बालबालिकाको असल भविष्यका लागि असल सस्कार विद्यालयसँगै घरपरिवारबाट सिकाउन आवश्यक रहेको बताएका थिए । त्यस्तै उनीले २० बर्ष पहिले स्थापना भएको विद्यालयले ग्रामीण क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्न महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । बक्ताहरुले विद्यालयले गुणस्तरिय शिक्षासँगै भौतिक पूर्वाधारमा ध्यान दिएको विद्यालयका प्रिन्सीपल कुमार नेपालीले बताएका थिए ।

dharna

कार्यक्रममा नेशनल प्याव्सन दाङ अध्यक्ष बिमल गौतम, घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य फत्तेबहादुर केसी, विद्यालयका प्रिन्सीपल कुमार नेपाली, विद्याकुञ्ज बोर्डिङ स्कुलका प्रध्यानाध्यापक ज्ञानु चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य सिता गिरी, नेपाली कांग्रेसका प्रतिनिधि तिलविक्रम पछाई, नेकपाका प्रतिनिधि भीमकान्त दाहाल, निमा पुस्तक पलसका सञ्चालक निमानन्द गैरे, स्वास्थ्यचौकी धर्नाका ललित बुढाथोकी, शिक्षक अमरक्षितिज भण्डारी, अभिभावक पोषण सिमालीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका भ्वाईस प्रिन्सीपल ऋषिराज गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरु यमराज गिरी र सर्मिमा विकले गरेका थिए । विद्यालयका बार्षिक उत्सवका अवसरमा विद्यालयका अध्ययनरत विद्यार्थी, शिक्षकलगायतले गीत,नृत्य प्रस्तुत गरेका थिए । २०५५ सालमा स्थापना भएको विद्यालयमा ६ सय बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन विद्यालयमा नर्सरीदेखि कक्षा दशसम्म सञ्चालन गर्दै आएको छ । विद्यालयले बार्षिक उत्सवका अवसरमा शनिवार घोराही उपमहानगरपालिका वडा नं. १६ तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बस्दै आएका १६ जना ज्येष्ठ नागरिकलाई गार्मी समयमा आवश्यक पर्ने झुलसँगै फलफुल वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*