Home / Feature Breaking news / सिमा अतिक्रमण र एमसिसि सम्झौताको विरुद्धमा घोराहीमा प्रदर्शन

सिमा अतिक्रमण र एमसिसि सम्झौताको विरुद्धमा घोराहीमा प्रदर्शन

दाङ,३ फागुन । सिमा अतिक्रमण र एमसिसि सम्झौताको बिरोधमा साना पाँच राजनीतिक दलहरुले शनिवार घोराहीमा प्रदर्शन गरेका छन । राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षासँगै भारतद्धारा अतिक्रमित भुमि फिर्ताको माग गर्दै राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले सयुक्त रुपमा शनिवार घोराहीमा प्रदर्शन गरेका हुन ।

विरोध प्रदर्शनपछि घोराहीको तुलसीपुर चोकमा आयोजना गरिएको विरोधसभालाई सम्वोधन गर्ने बक्ताहरुले देशको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्त शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले एमसीसी सम्झौता पास भएमा देश र राष्ट्रिय खतरामा पर्ने भन्दै सम्झौता खारेज गर्न समेत सरकारसँग माग गरेका थिए । उनीहरुले भारतले कव्जा गरेको नेपाली भुमि फिर्ताको समेत माग गरेका थिए ।

विरोधसभालाई नेकपा मसाल दाङका जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य समीर केसी, नेकपा माले स्थायी कमिटी सदस्य गोबिन्द केके, देशभक्त जनगणतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेलगायतले भारतीय विस्तारबाद र एमसीसी सम्झौताको विरोध गरेका थिए । उनीहरुले त्यसको विरोधमा लाग्न सम्पुर्ण नेपालीलाई समेत आग्रह गरेका थिए ।

किार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्तिले गरेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयदेखि सुरुभएको ¥याली तुलसीपुर चोक, दामोदर चोक हुँदै उमेश मार्ग भएर तुलसीपुर चोक आइपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*