Home / समाचार / जन्मदिनमा असाहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा असाहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

ध्रुवराज न्यौपाने
दाङ, ६ मंसीर
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ विजौरीमा रहेको श्रीअसाहाय बालविकास नेपाल दाङमा रहेका असाहाय बालवालिकालाई आज बुधवार एक कार्यक्रमका विच शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

तुलसीपुर नगर जेसिस का कोषाध्यक्ष तथा अन्र्तराष्ट्रिय खेलाडी मोहन सुनारले आज आफ्नो जन्मदिनको अवसर पारी १४ जना वालवालिकालाई अध्ययनमा सहज पुगोस भनि शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

साथै उहाँले वालवालिकालाई जाडो याममा नुहाउनको लागि पानि तताउने ग्यास गिजर सेट र एक थान एल.सि.डि.टिभी सेट सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसैगरी असाहायलाई सहयोग गर्दै आउनुभएका सुनारले यो वर्ष पनि आफुले अनाथ वालवालिकालाई सहयोग गर्न पाउदा खुसी भएको बताउदै आफुले निरन्तर रुपमा असाहायलाई सहयोग गर्ने कार्य गर्दै जाने बताउनुभयो ।
यसैगरी संस्थाका कार्यकारी सचिव कृष्ण रिजालले संस्थालाई संचालन गर्न अत्यन्तै गाह«ो भएको बताउनुभयो ।

गएको पुष २८ गते स्थापना भएको संस्थामा हाल राप्ती अञ्चलका दाङ,रोल्पा,रुकुम लगायतका जिल्लाका १४ जना बालवालिकाहरु बसोवास गर्दै आएका छन् । प्रायजसो सबै संस्थाले भौतिक रुपमा सहयोग गरेपनि पर्याप्त रुपमा आर्थिक सहयोगको अभाव भएका कारण संस्थालाई अझ व्यवस्थित रुपमा संचालन गर्न गाह«ो भएको उहाँले बताउनुभयो ।

साथै तुलसीपुर उपमहानगरपालिकामा पनि आफुहरुले प्रपोजल पेश गरेको तर ठोस कार्य हुन नसकेको गुनासो गर्दै उपमहानरपालिका लगायतका सरोकारवाला निकायलाई संस्थाप्रति ध्यान दिन उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमाल,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपाने,रेडियो सञ्जिवनीका कार्यक्रम संयोजक सन्तोष केसी,दामोदर न्यौपाने लगायतले असाहाय बालवालिकाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*