घोराही, ६ मंसीर
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यका उमेद्वारहरुले घोराही बजारका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।
नेपाली कांग्रेस तर्फबाट प्रतिनीधी सभा उमेद्वार राजु खनाल र प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को भरतपुर क्षेत्रमा आज घरदैलो गरिरहनुभएको छ ।
वुधवार विहान उन्नतीनगर टोलमा ग्रहशान्ती गर्दै जितको कामना सहित पूजापाठ गरेर आजको प्रचार सुरु गरिएको हो । टोलका अगुवा पाण्डव खनालको अगुवाईमा पूजापाठसहित प्रचार सुरु थियो ।

वुधवार विहान भरतपुर क्षेत्रको उन्नतीनगर टोल, अन्नपूर्ण टोल, तल्लो भरतपुर, दाङ भ्याली कजेट आसपास, भिमसेन टोल, गणेश टोल, राप्ती टोल लगायत विभिन्न स्थानमा उमेद्वारहरुले घररदैलो गरेका छन् । पञ्चेवाजा सहित कांग्रेसका उमेद्वारहरुले घरदैलो गरिरहेका छन् ।
घरदैलोका क्रममा उमेद्वार सहित नेताहरुलाई कांग्रेसको जित सुनिश्चीत भएको भन्दै टिका र फूलमालाले भव्य स्वागत गरेका थिए । मतदाताहरुले यस क्षेत्रकालागि धेरै विकासका योजना ल्याने खनाललाई विजयी बनाउने बताएका थिए ।
खनालले आँफूहरुले गरेको बाचा पुरा गर्ने नेता खनाल भएकाले अब पनि उहाँलाई नै मत दिएर विजयी बनाउने बताए ।
‘२०७० सालको निर्वाचनमा संविधान ल्याउछौ मलाई विजयी बनाउनुस् भन्नुभयो विजयी बनायौ’ एक मतदाताले भन्नुभयो–‘त्यसैले अब यस क्षेत्रको विकासकालागि यहाँको समृद्धिकालागि उहाँलाई नै मत दिएर विजयी बनाउछौ ।’
यस क्षेत्रको हरेक विकास कांग्रेसले गरेको भन्दै मतदाताहरुले अझै विकास गर्न अनुरोध गरेका थिए ।
मतदाताहरुसँग खनालले ‘तपाईहरुले संविधान बनाउने जिम्मा दिएर पठाउनुभयो संविधान दियौ अब फेरि विजयी बनाउनुस् तपाईहरुले विकास र समृद्धि पाउनुहुन्छ’ भन्दै मत दिन अनुरोध गर्नुभएको थियो ।
उहाँले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भन्दै विजयी बनाउन अनुरोध गर्नुभयो ।
यस्तै प्रदेश सभा सदस्यका उमेद्वार कमलकिशोर घिमीरेले पनि मतदाताहरुलाई विकास र शान्ति दिने प्रतिवद्धता सहित मत माग्नुभएको छ । यी विभिन्न टोलका मतदाताहरुसँग उहाँले विकास, शान्ति र समृद्धिकालागि विजयी बनाउन अनुरोध गर्नुभयो ।
घिमीरेलाई पनि विजयीको शुभकामना सहित फूलमालाले स्वागत गरिएको थियो । सँयौको सहभागितामा १५ नम्बर वडाका विभिन्न स्थानमा घरदैलो भईरहेको छ ।
RaptiSandesh RaptiSandesh