Home / Feature Breaking news / प्रादेशिक अस्पतालमा पिसिआर टेष्ट गर्न माग

प्रादेशिक अस्पतालमा पिसिआर टेष्ट गर्न माग

तुलसीपुर,२३ जेठ । दाङ जिल्लामा भारतलगायत अन्य देशबाट आउनेको संख्या बढेसँगै तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पिसिआर टेस्टको व्यवस्था गर्न माग गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको वैठकले जिल्लामा पिसिआर टेस्टका लागि एउटा मात्रै मेसिन भएको भन्दै तत्काल थप व्यवस्था गर्नका लागि प्रदेश नम्वर ५ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले कोरोना चेकजाँच गर्नेको संख्या उल्लेख्य मात्रामा वढेको हुँदा समस्या आएको भन्दै तत्काल चेकजाँचको व्यवस्था गर्नका लागि अनुरोध गरेको हो । दाङमा एउटा मात्रै पिसिआर मेसिन हुँदा स्वाब संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आउने गरेको छैन ।

अहिले सामान्यतया स्वाब संकलन गरेको ५ दिनपछि मात्रै रिपोर्ट आउने गरेको छ । ‘स्वाबको परीक्षण ढिलो हुँदा क्वारेन्टाइनमा लामो समयसम्म मान्छे राख्नुपर्ने भएकाले व्यवस्थापनमा कठिनाइ भएको छ ’ विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*