Home / Feature Breaking news / ‘गुणस्तरीय मह उत्पादनमा जोड’

‘गुणस्तरीय मह उत्पादनमा जोड’

दाङ, २४ असोज । दाङको महको रहदै आएको पहिचान गुम्न दिन नहुने माहुरी पालक कृषकहरुले बताएका छन् । दाङको महको देश तथा विदेशमा माग हुने भएकाले यसको पहिचान गुम्न दिन नहुने उनीहरुको भनाइ रहेको छ । नेपाल मौरी पालक महासंघ दाङ शाखाको १२ औ साधारण सभा तथा सातौ अधिवेसनमा सहभागिहरुले यस्तो बताएका हुन ।

जिल्लामा उत्पादन भएको महलाई गुणस्तरीयता बनाएर अन्र्तराष्ट्रिय वजार सम्म पु¥याउनु पर्ने उनीहरुको भनाइ रहेको छ । कार्यक्रममा वोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दाङ माहुरीको लागि उपयुक्त रहेकाले यसको विकासमा लाग्नु पर्ने बताए । दाङमा महको उत्पादन वृद्धि गरेर वाहिर निर्यात गर्न तर्फ लाग्नु पर्ने उनको भनाइ रहेको छ । अन्र्तराष्ट्रिय बजार सम्म पु¥याउनका लागि गुणस्तरीय वस्तु हुनु पर्ने प्रमुख चौधरीले बताए । ‘वस्तु पनि राम्रो मुल्य पनि राम्रो पाउनु पर्दछ’ प्रमुख चौधरीले भने ।

कृषकहरुलाई उत्पादन बढाउनका लागि आफनो तर्फ वाट सहयोग हुने बताए । ‘उप महानगरपालिका उत्पादन बढाउन कृषकसंग सहकार्य गर्न तयार रहेको छ’ प्रमुख चौधरीले भने । अनुदानको सही सदुपयोग गर्न सक्नु पर्ने उनी बताउछन् । जिल्लामा माहुरीको चरणको समस्या भएको भन्दै चरणको व्यवस्थाप गर्न जरुरी रहेको उनको भनाइ रहेको छ । जिल्लाका माहुरीको चरण क्षेत्र वढाउनका लागि माहुरी मैत्री विरुवा रोप्न कार्यलाई वढाउदै लैजानु पर्ने उनले बताए । चरणको लागि सिष्टम वनाएर अगाडि वढन आवस्यक रहेको चौधरी बताउछन् ।

व्यवसाय जोगाउन धेरै समस्या हुने भन्दै त्यसलाई ध्यान दिन समेत कृषकलाई उनले आग्रह गरे । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत तथा सुचना अधिकारी रुद्रमणि पौडेलले माहुरीको राम्रो संभावना रहेकोले सरकारले दाङलाई माहुरीको स्रोतको रुपमा विकास गर्न लागेको बताए । सरकारले यस क्षेत्रमा काम गर्ने लागेकाले यसका विकासमा समेत थप सहयोग पुग्ने पौडेलले बताए । यसको विकासका लागि सबै मिलेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ । माहुरी पालनको विकासका लागि आफुहरुले पनि सहयोग गदै आएको पौडेलको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठले स्थानिय उत्पादनलाई प्राथमिक्ता दिनु पर्ने बताए । स्थानिय उत्पादनलाई बजारीकरणमा समस्या हुन नदिनका लागि आफुहरुले सहयोग गदै आएको बताए । ‘हामीले स्थानिय उत्पादनलाई विक्रीका लागि समस्या नहोस भनेर बजारी करणमा सहयोग गदै आएका छौ’ श्रेष्ठले भने । यसका लागि प्रशोधन, प्याकेजीङमा ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको छ ।

कार्यक्रम नेपाल माहुरी पालक महासंघ दाङ शाखा अध्यक्ष विष्णुराज श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमकान्त देवकोटा र वार्षिक प्रतिवेदन सचिव धनञ्जय आचार्यले प्रस्तुत गरेका थिए । महासंघका मदन न्यौपानेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव किशोर पाण्डेले गरेका थिए । अधिवेसनले नया नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*