Home / Feature Breaking news / थुनुवा छुटाईदिने भन्दै घुस रकम लिने व्यक्ती पक्राउ

थुनुवा छुटाईदिने भन्दै घुस रकम लिने व्यक्ती पक्राउ

घाेराही, १२ भदाै
थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका १४ का २० बर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाईदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्यूठानकाे बिजुवारबाट पक्राउ गरेकाे हाे ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूकाे नम्बर लिएकाे र अभिभावकलाई फाेन गरेर म जिप्रका मुद्धा फाँटबाट हाे, नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक राजन गाैतमले जानकारी दिनुभयाे । अभिभावकलाई बाेलाएर जिप्रका नजिकैकाे हाेटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई शनिवार पक्राउ गरेकाे गाैतमले बताउनुभयाे । पक्राउ परेका बस्नेतलाई आज म्यमद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*