Home / समाचार / गरिव तथा विपन्न गरिवारलाई खाद्यान्न सहयोग
गरिव तथा विपन्न गरिवारलाई खाद्यान्न सहयोग
गरिव तथा विपन्न गरिवारलाई खाद्यान्न सहयोग

गरिव तथा विपन्न गरिवारलाई खाद्यान्न सहयोग

दाङ, ११ कार्तिक । दाङ महिला जेसीजले गरिव तथा विपन्न परिवारलाइ खाद्यान्न सहयोग गरेको छ ।

महिला जेसीजले घोराही उपमहानगरपालिका वडा नं १३ सेवा रामपुरा टोलमा रहेका ३ घर परिवारलाई दाल, चामल, नुन, सावुन, सर्फ, र आटा सहयोग गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत जेसीजले पाँचौ दिन सहयोग हस्तान्त्रण गरेको हो ।

दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट डाँगीको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नं १३ का वडा सदस्य केशव गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा एकान्त टोलका अध्यक्ष कुलकुमारी सुनारा, ऐश्वर्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिना गिरीलगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक रोजिना गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिहरुलाई धन्यावाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष संगीता गिरीले गरेकी थिइन ।

सप्ताहव्यापी कार्यक्रमका बारेमा कार्यक्रमी मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जुनकुमारी वुढाले जानकारी गराएकी थिइन् । जेसीज आस्था पाठ उपाध्यक्ष निमा सुनारले गराएकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*