घोराही, ६ असार
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति दाङको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । ट्रेड युनियन जिल्ला अध्यक्ष दल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रममा बोल्दै प्रजिअ श्रेष्ठले निजामती कर्मचारीहरु नागरिक मैत्रि बन्न पर्नेमा जोड दिनुभयो । नागरिकको सेवालाई प्रमुख प्राथमिकता दिदै काम गर्नुपर्ने उहाँको जोड रहेको थियो । नागरिकका सार्वजनिक सरोकारका विषयहरु स्थानीय स्तरमा हुने भएकाले स्थानीय स्तरलाई बलियो बनाउनुपर्ने प्रजिअको भनाई थियो ।
आधिकारीक ट्रेड युनियन जिल्ला जिल्ला उपाध्यक्ष अमरराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक तथा स्थानिय विकास अधिकारी कुल बहादुर जिसी, निजामती कर्मचारी युनियन संघका अध्यक्ष बामदेब शर्मा, निजामती कर्मचारी संगठनका उपाध्यक्ष नारायण प्रसाद घर्ती, शिक्षक महाँसंघ दाङका सह अध्यक्ष चर्तुरमान डागी, विकास गौतम लगाएतका बोल्नुभएको थियो । कार्यक्रमको संचालन युनियनका सचिव श्रीधर अधिकारीले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh