Home / समाचार / सुरक्षा व्यवस्था मजबुत छः प्रजिअ श्रेष्ठ

सुरक्षा व्यवस्था मजबुत छः प्रजिअ श्रेष्ठ

शरद रेग्मी
तुलसीपुर, ६ साउन
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लाको सुरक्षा अवस्था मजवुत पार्न आफु प्रतिवद्ध रहेको बनाउनु भयो । जिल्लाको समग्र सुरक्षा अवस्थालाई मजवुत पार्न नागरिकको महत्वपुर्ण हात हुने भन्दै श्रेष्ठले सुचना दिन सवैमा आग्रह गर्नु भयो । रोटरि क्लब अफ तुलसीपुर सिटिको ४ सय ३० औँ वैठकमा अतिथि बक्ताको रुपमा आउनु भएका प्रजिअ श्रेष्ठले यस्तो बताउनु भएको हो । श्रेष्ठले नागरिकहरुको सहभागिता बिना कुनै पनी काम सम्पन्न गर्न नसकिने भन्दै सबै जिम्मेवार भएर जिल्लाको बिकास तथा सुरक्षाका लागी सहयोगि वन्न पनि आग्रह गर्नुभयो ।

r3

नागरिकहरुको कर्तव्य भनेको आफनो अधिकार लिने तथा राज्यलाई सहयोग गर्नु रहेको स्मरण गराउदै उहाँले आफनो जिम्मेवारीलाई कुसलता पुर्वक निर्वाह गर्नु सवैलाई आग्रह समेत गर्नुभयो । निजामति कर्मचारीहरुको दायीत्व भनेको जनताको सेवा गर्नु रहेको भन्दै सवै कर्मचारिहरुलाई आफनो जिम्मेवारिमा विचतिल नहुन समेत आग्रह गर्नुभयो । साथै सो अवसरमा बोल्दै श्रेष्ठले संघ संस्थाहरुले सेवा मुलक कार्य गरेर राज्यलाई सहयोग पु¥याएको भन्दै दुर दराजका जनतालाई लक्षित गरि काम गर्न क्लवका पदाधिकारिहरुलाई आग्रह पनी गर्नुभयो ।
क्लवका अध्यक्ष तुफान वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका श्रेष्ठले आफनो कार्यकालमा गरिने एक वर्षीय कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो । वर्ष २०१७ मा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा क्लबले काम गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । कार्यक्रमका मिसन नेपालको सल्लाहकारमा चयन हुनु भएका क्लबका उपाध्यक्ष शुरेस हमाल र तुलसीपुर नगर विकास समितिको अध्यक्षतमा नियुत्त हुनु भएका अर्का उपाध्यक्ष यज्ञ बहादुर केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमका क्लवका पुर्व अध्यक्षहरु विमल रिजाल, कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिजय केसी, ललित बहादुर घर्ति लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव हेमन्त डाँगीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*