Home / समाचार / वी.पीे स्मृतिमा वृक्षारोपन

वी.पीे स्मृतिमा वृक्षारोपन

दाङ, ६ साउन
विपि स्मृति दिवशको अवसरमा नेपाली कांग्रेसले श्रीखण्डका विरुवा रोपेको छ । विपिको सम्झनामा नेपाली कांग्रेस दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ स्थीत अम्वेश्वरी मावि अम्वापुरको परिसरमा ३ सय वढि श्रीखण्डका विरुवाहरु रोपेको हो । वृक्षारोपन गर्नुअघि एक औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कांग्रेस दाङका सभापति कृति वहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा प्रजातन्त्र स्थापना गर्न विपिले पयाएको योगदान, विपिको मेलमिलाप लगायतका राजनितिक शिद्धन्त तथा विपिको साहित्यको चर्चा गरेका थिए । विपिको शिद्धान्त नेपाली कांग्रेसको आत्मा रहेकाले विपिको शिद्धान्तमा पार्टि सदा सदा अडिग रहनेमा समेत वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा कांग्रेस दाङका निवर्तमान सभापति घनश्याम रेग्मी, कांग्रेस महासमिति सदस्य केशव आचार्य, कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि शंकर गिरी, कांग्रेस क्षेत्रिय प्रतिनिधि कुमार लामिछाने, कांग्रेस फुलवारीका ईकाइ सभापति डम्वर वहादुर न्यौपाने, क्षेत्रिय प्रतिनिधि देवेन्द्र रिजाल, कांग्रेसका कार्यवाहक वडा सभापति सन्ध्या वली रिजाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कांग्रेस जिल्ला सदस्य तारा वहादुर कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सदस्य हरिहर पौडेलले गर्नुभएको थियो । यसैबीच कांग्रेस र उसका भात्री संगठनहरुले जिल्लाका विभिन्न ठांउहरुमा समेत कार्यक्रम तथा वृक्षारोपन गरेका छन् ।