घोराही, ६ साउन
प्रेस चौतारी नेपालको प्रदेश स्तरिय बैठक दाङमा हुने भएको छ । यही साउन १४ गते प्रदेशनम्वर ५ स्तरिय बिस्तृत बैठक दाङमा हुन लागेको चौतारीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ईञ्चार्ज सविन प्रियासनले जानकारी दिनुभयो ।
विहीबार सम्पन्न प्रेस चौतारीको केन्द्रीय सचिवालय बैठकले साउन १० गते २१ गतेसम्म प्रदेशस्तरिय बैठकको आयोजना गर्ने निर्णय गरेको प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार १० गते पोखराबाट सुरु भएको बैठक साउन २१ गते काठमाडौँमा पुगेर समापन गरिनेछ । आसन्न नेपाल पत्रकार महासंघको अधिवेसनलाई मध्यनजर गर्दै हुन लागेको बैठकले महासंघको अधिवेशन सम्बन्धि रणनीति बनाउने प्रियासनले जानकारी दिनुभयो ।
दाङमा हुन लागेको बैठकमा पाँचनम्वर प्रदेशभरका चौतारीका जिल्ला अध्यक्ष, पूर्व अध्यक्ष, महासंघका जिल्ला अध्यक्ष एवं पदाधिकारी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष, पदाधिकारी, पार्टीका केन्द्रीय नेताहरुको सहभागीता हुने प्रदेश ईञ्चार्ज प्रियासनले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh