Home / Feature Breaking news / थप ६७१ जनामा काेराे संक्रमण, कुन जिल्लामा कति ?

थप ६७१ जनामा काेराे संक्रमण, कुन जिल्लामा कति ?

दाङ, ४ असार

नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार ८४८ पुगेको जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

डा गौतमका स्अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना महिला र मोरङकी एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना महिला र ३१ पुरुष, बैतडीका २ महिला र २३ पुरुष, बाजुराका १५ महिला र २६ पुरुष, भक्तपुरका एक महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नुवाकोटाका २ जना पुरुष, रौतहटकी एक महिला र ३३ पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका एकजना, ललितपुरका एकजना, नवलपरासीका एकजना र महोत्तरीका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्ताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीकी एक महिला, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका एकजना महिला र ४ जना पुरुष, चितवका एकजना पुरुष, नवलपरासी पूर्वका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बाग्लुङका एकजना पुरुष, मनाङका एकजना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्जामा २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुँका १५ जना पुरुष, गोरखाका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र एक पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रोल्पाका एकजना पुरुष, नवलपरासीका एकजना पुरुष र अर्घाखाँचीका ६ महिला र ९१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका एक महिला र २ पुरुष, कैलालीका एकजना महिला र दैलेखका एकजना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जना महिला र ८० जना पुरुष, सुर्खेतका ८ जना महिला र २६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका एकजना महिला र एकजना पुरुष,कञ्चनपुरका २ जना पुरुष, कैलालीका एकजना महिला र १९ पुरुष, डोटीका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

मृतकको संख्या २२ पुग्यो

नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ ।

त्यसैगरी विहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ।

उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । गहन किसिमको टाउकोको चोटका कारण उपचार गराइरहेकी उनको हिजो मृत्यु भए पनि कोरोना परीक्षणको रिपोर्ट भने आज आएको हो । उनको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला गरी २० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*