Home / Feature Breaking news / दाङमा थप एक जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

दाङमा थप एक जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

दाङ । दाङमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र रामपुरमा कार्यरत घोराही १६ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

दाङमा योसँगै स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या आठ पुगेको छ । दुईजना भने कोरोना मुक्त भएर घर फर्किएका छन् । केही दिन पहिले उक्त केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएपछि उनको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको थियो ।

तर उनी थप शंका लागेपछि नारायणपुरस्थित आइसोलेसनमा बसेका थिए । आज उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा पोजेटिभ आएको हो ।

उनीसँगै अन्य चारजनाको गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएको छ । योसँगै घोराही उपमहानगरपालिकाका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

तीन पुरुष र २ महिला अहिले नारायणपुर आइसोलेशनमा भर्ना भएका छन् । उपमहानगरका रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र, वडा नम्बर ४ को स्वास्थ्य चौकी लक्ष्मीपुर र वडा नम्बर ३ को कार्यालयलाई सिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*