Home / Feature Breaking news / कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्।

आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ।

आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए।

बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्।

नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो।

माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*