Home / समाचार / लमही नगरपालिकामा तीन निर्णय पास

लमही नगरपालिकामा तीन निर्णय पास

देउखुरी, २९ कार्तिक । लमही नगरपालिकाले तीन वटा महत्वपूर्ण निर्णयहरु पास गरेको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता बसेको बैठकले चालु आर्थिक वर्षमा विनियोजित रकम अनुसारको आयोजनाहरु ०७५ पौष मसान्तसम्म सम्पन्न गरिसक्ने गरि काम गर्न निर्देशन दिएको छ । लमही नगरपालिका क्षेत्रभित्र संचालित व्यवसायहरुको दर्ता प्रकृया सहज गराउन स्थलगत रुपमा नै कर्मचारी खटाउने निर्णय बैठकले गरेको छ ।

लमही नगरापलिकाले अग्नि पीडित कविता घर्ती मगरको परिवारलाई राहत स्वरुप २० हजार रुपैया उपलव्ध गराउने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*