विमला घर्ती
घोराही, ७ साउन
दाङ जिल्ला समन्वय समितिको आर्थिक बर्ष २०७३÷०७४ मा ६ करोड १७ लाख ६२ हजार ८९ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । जिल्लाका विभिन्न शिर्षकका आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेर फ्रिज भएको हो ।
आर्थि कवर्ष ०७३÷०७४ को कुल बार्षिक बजेट ५५ करोड ८४ लाख २५ हजार आठ सय ६१ रुपैयाँ ५९ पैसा रहेकोमा ५२ करोड ७१ लाख २० हजार, छ सय ८४ रुपैयाँ ९७ पैसा खर्च भएको छ । जसमध्य ३ करोड १३ लाख पाँच हजार एक सय ७६ रुपैयाँ ६२ पैसा फ्रिज भएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कुल बहादुर जिसीले जानकारी दिनुभयो । पुजीगत तर्फ २३ करोड ८६ लाख ९३ हजार, छ सय ५९ रहेकोमा २० करोड ८२ लाख २६ हजार सात सय ४६ खर्च भएको छ भने तीन करोड ४६ लाख छ हजार नौ सय १३ रुपैँया फिर्ता भएको स्थानिय विकास अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा तर्फ एक करोड एक लाख ७६ हजार पाँच सय ३५ रुपैँया फ्रिज भएको छ ।
यो आर्थिक वर्षमा लक्ष्य अनुसारको काम गर्न सफल भएको जिससको दाबी छ । जिल्लामा गत आर्थिक बर्ष २०७३ मा पूँजीगत तर्फ सम्पादन भएका एक हजार ५३ भौतिक योजनाहरु सम्पन्न भएका छन् । आन्तरिक स्रोत तर्फका ७९ योजनाको लक्ष्य रहेकोमा ७६ सम्पन्न भएको छ । स्थानिय यातायात पुर्बाधार तर्फ ११ वटा मध्य ९ वटा योजना सम्पन्न भएको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।
यसैगरी जिविस अनुदान तर्फका ३१ वटा योजना मध्य ३० वटा योजना सम्पन्न भएका छन् भने ग्रामिण खानेपानी तर्फका पाँच योजनाका सबै काम सम्पन्न भएका छन् । गुम्बा विकास कार्यक्रम भएको जिससले बताएको छ । दुई जिल्ला जोड्ने सडक निर्माण कार्यक्रम अन्तरगतका ५८ आयोजना मध्य ५७ योजना सम्पन्न भएको जिल्ला समन्वय समिति दाङले जानकारी दिएको छ ।
सडक बोर्ड नेपाल कार्यक्रम अन्तरगतका १४ वटा योजना सम्पन्न भए भने निर्बाचन क्षेत्र पुर्बाधार बिशेष कार्यक्रमका १ सय ९ योजना मध्य १ सय ८ आयोजाना सम्पन्न भएको छ । निर्वाचन क्षेत्र विकास (पुर्वाधार तर्फ) दुई सय ४८ आयोजना मध्य दुई सय ४५ कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (कार्यक्रम तर्फ) ३२ वटै योजना सम्पन्न भएका छन् । अन्य सामाजिक विकास तर्फ (पुर्वाधार) तर्फका आठ कार्यक्रम मध्य ६ वटा सम्पन्न भएको छ । अन्य सामाजिक विकास तर्फ (कार्यक्रम) ११ वटा योजना रहेकोमा छ वटा सम्पन्न भएका छन् ।
संस्कृती प्रबद्र्धन (केन्द्रिय) कार्यक्रम तर्फका ४३ योजना मध्य ३३ वटा, पर्यटन प्रवद्धन कार्यक्रम (जि.वि.स) का १० वटै आयोजना, गरिबसँग विश्वेश्वर कार्यक्रम १३ वटामा १२ वटा, सीमा क्षेत्र विकास कार्यक्रम चार वटै काम सम्पन्न भएका छन् । त्यसैगरी स्रोत सुनिश्चितता सम्बन्धी एक सय ९० आयोजना मध्य एक सय ८८, लक्षित कार्यक्रम तर्फका ५४ योजना मध्य ४७, लापा कार्यक्रम आठ गाबिसमा ७८ वटै कार्यक्रम, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तरगतका तीन योजना मध्य दुईवटा योजना सम्पन्न भएको जिसीले जानकारी दिनुभएको छ ।
