Home / Feature Breaking news / निर्माण व्यवसायी प्रदेश नं. ५ को अध्यक्षमा राना

निर्माण व्यवसायी प्रदेश नं. ५ को अध्यक्षमा राना

दाङ,१४ असोज । निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ को अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले रानालाई आगामी तिन बर्षको लागि अध्यक्षमा चयन गरेको हो ।

महासंघको बरिष्ठ उपाध्यक्षमा सुरेश चन्द निर्वाचित भएका छन । उपाध्यक्षमा मञ्जु भुषाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द लम्साल चयन भएका छन । त्यस्तै अधिवेशनले महिला उपाध्यक्षमा गंगा पोखरेल, महासचिवमा प्रकाश शाहलाई चयन गरेको छ । त्यस्तै नितीगत कार्यभार उपमहासचिवमा टिकाबहादुर श्रेष्ठ (सन्तोष), आन्तरिक कार्यभार उपमहासचिवमा पवनकुमार कुँवर र प्रशासनिक उपमहासचिवमा दिनेशकुमार हमाल चयन भएको मुख्य निर्वाचन अधिकृत कृष्ण बहादुर पोख्ररेलले जानकारी दिए ।

कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्र, सह–कोषाध्यक्षमा प्रकाश बस्नेत, खुल्ला सदस्यहरुमा जविन कक्षपती, ढुण्डीराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बि.एम. दिपककुमार श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । अधिकृत पोखरेलका अनुसार एशोसिट सदस्यमा बामदेव रेग्मी, महिला सदस्य नलिन गौतम भुषाल, बस्तुगत सदस्य अजय राना, मधेशी, मुस्लीम र पीछडा वर्गवाट रमेशकुमार मिश्रा र जनजाति सदस्यमा सुजन श्रेष्ठ निर्वाचित भएका छन ।

प्रदेश नं. ५ ले देशभरका सातैवटा प्रदेश मध्य सवैभन्दा पहिले नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५को प्रथम अधिवेशनको शनिवार मुख्यमन्त्री शंकर पोख्रेलले उदघाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*