Home / समाचार / नवलपरासीको गैंडाकोटमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी

नवलपरासीको गैंडाकोटमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी

कावासोती, २९ साउन

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ । ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*