Home / समाचार / लाेपउन्मुख पंछी हुचिल र ओतको उद्दार

लाेपउन्मुख पंछी हुचिल र ओतको उद्दार

दाङ, १३ बैशाख ।

डिभिजन वन कार्यालय दाङको टोलिले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको उद्दार गरेको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकेैबाट डिभिजन वन कार्यालय दाङले लाेपउन्मुख पङ्क्षी हुचीलकाे बच्चा र घाईते अाेतकाे उद्धार गरेको हो ।

उद्दारपछी अावश्यक व्यवस्थापन एवम् अाैषधि उपचारका लागि ती पन्क्षिलाई डिभिजन वन कार्यालयमा ल्याएकाे डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनु भयाे ।
पर्यावरणीय दिगाे विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतकाे सकृयतामा स्थानियहरू समेतकाे सहयाेग लिई हुचिलकाे बच्चा र शिकारीले गुलेली प्रयाेग गरि हानेकाे ढुङ्गा टाउकाेमा लागेपछि अात्तियर अाेत वस्ति नजिक अाएकाे अाेतकाे जिवितै उध्दार गरिएकाे जानकारि डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर के सीले दिनु भयाे ।

यस अघि डिभिजन वन कार्यालयले रतुवा, चित्तल, गाेमन सर्प उद्दार गरि उपचार पश्चात् सुरक्षीत प्राकृतिक बाँस स्थानमा छाडिसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*